ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रदेश–१ को बजेट खर्च निराशाजनक : भौतिक पूर्वाधार मन्त्रालयको प्रगति ०.६४% मात्र

Feb 7, 2019  
Uncategorized
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशनी भट्टराई
विराटनगर । चालू आर्थिक वर्षको माघ दोस्रो सातासम्मको अवधिमा प्रदेश नं १ को बजेट खर्च निराशाजनक पाइएको छ । प्रदेश सरकारबाट सबैभन्दा बढी बजेट पाएको भौतिक पूर्वाधार मन्त्रालयको कुल बजेट खर्च शून्य दशमलव ६४ प्रतिशत मात्र भएको छ, जसमध्ये पूँजीगत खर्च शून्य दशमलव २ प्रतिशत छ । प्रदेश सरकारले उक्त मन्त्रालयका लागि १६ अर्ब ३० करोड बजेट छुट्ट्याएको छ । चालूतर्फ ५४ करोड ४० लाख ६९ हजार रहेकोमा मन्त्रालयले १७ करोड २३ लाख ९५ हजार खर्च गरेको छ । यस्तै पूँजीगततर्फ १५ अर्ब ७५ करोड ६० लाख बजेटमध्ये ५१ करोड ५१ लख ६८ हजार खर्च भएको छ । अन्य मन्त्रालयको पनि बजेट खर्च निराशाजनक रहेको प्रदेश नं १ को कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका), विराटनगरका प्रमुख बालकृष्ण थापाले बताए । प्रदेशले कुल बजेटको ६ दशमलव २६ प्रतिशत मात्र खर्च गरेको छ । प्रदेशको कोलेनिकाका अनुसार कुल बजेट ३५ अर्ब ९३ करोडमध्ये चालू आर्थिक वर्षको माघ दोस्रो सातासम्म २ अर्ब २५ करोड १२ लाख मात्र खर्च भएको छ । यो अवधिमा चालूतर्फ १ अर्ब ६६ करोड १७ लाख खर्च भएको छ भने पूँजीगततर्फ ५८ करोड ९४ लाख मात्र खर्च भएको देखिन्छ । यो अवधिमा पूँजीगततर्फ ३ दशमलव १२ प्रतिशत छ  । पूँजीगततर्फ १८ अर्ब ५० करोड ५० लाख बजेट छुट्ट्याइएको थियो । चालूतर्फको १४ अर्ब ९२ करोड १८ लाख बजेटमध्ये ६ दशमलव ९७ प्रतिशत मात्र खर्च भएको छ । नीति निर्माणमा समय धेरै लागेकाले बजेट खर्च कम भएको प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङम्बोले बताए । उक्त काम सकिएकाले अब भने खर्च प्रगति बढ्ने दाबी उनले गरे । चालू आर्थिक वर्षमा प्रदेश नं १ ले अन्य प्रदेशको भन्दा महत्त्वाकांक्षी कार्यक्रमसहित केही ठूलो आकारको बजेट ल्याएको थियो ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)