ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विराटनगरबाटै श्रम स्वीकृति सेवा शुरु, पहिलो चरणमा रि–इन्ट्री मात्रै

Feb 7, 2019  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशनी भट्टराई

माघ २४, विराटनगर । प्रदेश नं १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले धनकुटाका विजय खड्काको राहदानीमा श्रम स्वीकृति अंकित स्टिकर लगाएर प्रदेश कार्यालयबाटै श्रम स्वीकृति सेवाको शुभारम्भ गरेका छन् । बुधवार विराटनगरको पोखरीयास्थित श्रम तथा रोजगार कार्यालय परिसरमा आयोजित सेवा शुभारम्भ समारोहमा मन्त्री घिमिरेले श्रम स्वीकृतिका लागि काठमाडौं धाउनुपर्ने झन्झटको अन्त्य भएको बताए ।

मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले यसअघि केन्द्रिकृत रुपमा सेवा प्रवाह गर्दा गुणस्तरीय हुन नसकेका कारण त्यसलाई सहज बनाउँदै लाने नीतिअनुरुप विराटनगरबाट समेत सेवा शुरु गरिएको बताए । विराटनगर कार्यालयबाट पहिलो चरणमा विदेशबाट फर्किएर फेरि विदेश जान इच्छुक व्यक्तिहरुलाई मात्र (रि–इन्ट्री) श्रम स्वीकृति दिने व्यवस्था गरिएको कार्यालयका निमित्त प्रमुख सविता दाहालले जानकारी दिइन् । श्रम स्वीकृति लिदा कुनै प्रकारको राजस्व नलाग्ने जानकारी दिदै उनले सेवाग्राहीले वैदेशिक रोजगारी कल्याणकोषमा जम्मा हुने गरी १५ सय रुपैयाँ बैंकमा बुझाउनुपर्ने र उमेरअनुसारको बिमा रकम बिमा कम्पनीलाई बुझाउनुपर्ने बताइन् । अन्य आवश्यक सेवाहरु पनि छिट्टै सुचारु गराइने निमित्त प्रमुख दाहालले बताइन् ।

विराटनगर कार्यालयका पहिलो सेवाग्राही बनेका धनकुटाका विजय खड्काले विराटनगरमै सेवा लिन पाउँदा सहज र खर्चसमेत बचत भएको प्रतिक्रिया दिए । श्रम कार्यालयबाट प्रारम्भिक चरणमा पुनः श्रम स्वीकृति प्रदान गर्ने, वैदेशिक रोजगारीसम्बन्धी इजाजत पाएका संस्था र तालिम एवम् अभिमुखीकरण संस्थाको अनुगमन तथा नियमन गरिनेछ ।

वैदेशिक रोजगारसँग सम्बन्धित सेवालाई सहज र विकेन्द्रित गर्दै लगेको सरकारले विभिन्न प्रदेशबाट श्रम स्वीकृति सेवा दिन शुरु गरेको छ । यसअघि प्रदेश २, प्रदेश ५, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा श्रम स्वीकृति सेवा शुरु गरिसकिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)