ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रदेश–१ मा हरित अभियान घोषणा गर्ने तयारी

Feb 8, 2019  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशनी भट्टराई

माघ २५, विराटनगर । प्रदेश–१ सरकारले समृद्ध प्रदेश हरित अभियान घोषणाको तयारी गरेको छ । बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले माघ २९ गते प्रदेश–१ मा हरित अभियान घोषणा गर्न आवश्यक तयारी गर्ने निर्णय गरेको हो ।

प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले संयुक्त रुपमा तयार पारेको हरित अभियानसम्बन्धी अवधारणापत्र मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको जानकारी दिए । राष्ट्रपति विद्यादेवी भण्डारीले माघ २६ गते सुनसरीको चतरामा उद्घाटन गर्ने तारकब्रह्म महायज्ञसँग जोडेर हरित अभियान शुरु गर्ने निर्णय गरिएको मन्त्री कार्कीले बताए ।

प्रदेश–१ का प्रमुख सचिव केदार न्यौपानेले बराहक्षेत्र चतराधामस्थित जगद्गुरु श्रीरामानन्दाचार्य सेवापीठका प्रमुख डा. श्रीवैष्णव कृष्णदासजी महाराजको नेतृत्वमा हुने तारकब्रह्म महायज्ञका अवसरमा त्यस क्षेत्रमा अनेकौं प्रकारका जडिबुटीहरुका विरुवा रोपण हुने र त्यसैलाई प्रदेश सरकारले समेत अंगिकार गर्दै हरित अभियानलाई अघि बढाउने तयारी गरिएको जानकारी गराए ।

यसअघि मुख्यमन्त्री शेरधन राईले पत्रकारहरुसँगको भेटमा विशेष महत्वका साथ हरित अभियान अघि बढाउने बताएका थिए । उनले प्रदेशको वन तथा वातावरण संरक्षण र जडिबुटीको उत्पादनलाई प्रदेशभर विस्तार गरिने जानकारी दिएका थिए । मन्त्रिपरिषद् बैठकले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले तयार पारेको ‘प्रदेश पर्यटन विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ लाई प्रदेशसभामा लैजान अन्तिम स्वीकृति प्रदान गरेको मन्त्री कार्कीले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)