ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आर्थिक परिसूचकमा सुदूरपश्चिम सबैभन्दा पछाडि

Feb 10, 2019  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वीरेन्द्र भट्ट
धनगढी । आर्थिक परिसूचकको हिसाबले सुदूरपश्चिम प्रदेश अन्य ६ ओटा प्रदेशभन्दा पछाडि रहेको नेपाल राष्ट्र बैङ्कको तथ्यांकले देखाएको छ । नेपालको प्रतिव्यक्ति वार्षिक आय १ हजार ४ डलर रहेकोमा सुदूरपश्चिमको ६ सय ६० डलर रहेको नेपाल राष्ट्र बैङ्क केन्द्रीय अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले बताए । प्रदेशमा कुल खेतीयोग्य जमीनमध्ये खेती गरिएको क्षेत्रफल ७८ दशमलव ६ प्रतिशत, सिञ्चित क्षेत्रफल ३५ दशमलव ७ प्रतिशत रहेको छ, जुन अन्य प्रदेशको तुलनामा कम भएको डा. भट्टको भनाइ छ । प्रदेशभित्र उद्योगको संख्या २३१ र ती उद्योगमा ६ हजार २५२ जना रोजगार छन् । प्रदेशमा सडक निर्माण कम र सुस्त हुँदा अन्य विकास निर्माणले पनि गति लिन नसकेको उनलको भनाइ छ । कृषि, उद्योग, पर्यटन, जलविद्युत्, जडीबुटी र पूर्वाधार विकासमा प्रदेश सरकार केन्द्रित भएर लाग्नुपर्ने सुझाव उनको छ । प्रदेशका नौओटै जिल्लाभरि गरी कुल ५ हजार ३३ किलोमिटरमध्ये कालोपत्रे सडक ९ सय ३० किलोमिटर मात्रै निर्माण सम्पन्न भएको छ । विद्युत्, खाद्यान्न र सक्रिय जनसंख्याको दृष्टिले अरू प्रदेशभन्दा सुदूरपश्चिम पछाडि देखिएको छ । प्रदेश सरकारले ठूलो जनसंख्यालाई समेट्ने गरी योजना छनोट, बजेट विनियोजन र कार्यान्वयनमा विशेष ध्यान दिनुपर्ने सुझाव राष्ट्र बैङ्कको छ । प्रदेशमा कुल ८८ स्थानीय तहमध्ये हालसम्म ८० स्थानीय तहमा बैङ्क शाखा विस्तार भइसकेको नेपाल राष्ट्र बैङ्क धनगढीका प्रमुख किरण पण्डितले बताए । प्रदेशले मुलुकको कुल कृषि क्षेत्रको उत्पादनमा ८ दशमलव ९ प्रतिशत, कुल उद्योग क्षेत्रको उत्पादनमा तीन दशमलव ९ प्रतिशत तथा कुल सेवा क्षेत्रको उत्पादनमा ५ दशमलव एक प्रतिशत मात्रै योगदान पु¥याउन सकेको तथ्यांकले देखाएको छ । नेपाल राष्ट्र बैङ्कले हाल कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी, बैतडी, अछाम र दार्चुला मात्रै अध्ययनका लागि समावेश गरेको छ । प्रदेशका कुल ९ जिल्लामध्ये ७ जिल्लामा मात्रै अध्ययनका लागि छनोटमा पारिए पनि बाँकी बझाङ र बाजुरालाई पनि समेटेर अध्ययनका लागि समावेश गर्ने तयारी भइरहेको अनुसन्धान विभागका निर्देशक भट्टले जानकारी गराए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)