ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नयाँ शहर निर्माणले गति लिएन

Feb 10, 2019  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आकाश तारा बयक
सुर्खेत । निर्माणाधीन मध्यपहाडी लोकमार्गको छेउछाउमा विकास गर्न लागिएको दैलेखको राकम कर्णालीमा शहरको भौतिक पूर्वाधार निर्माणले गति लिन सकेको छैन । घोषित नयाँ शहरमध्ये दैलेखको पश्चिममा पर्ने आठबीस नगरपालिका राकम कर्णालीमा सरकारकै कारण निर्माण कार्यले गति लिन नसकेको हो । सरकारले आवश्यक भौतिक पूर्वाधारका काम शुरू गर्न नसक्दा नयाँ शहर निर्माण कार्यले गति लिन नसकेको स्थानीय बासिन्दा बताउँछन् । कर्णाली राजमार्गसँगै पर्ने राकम कर्णालीमा नयाँ शहर बनाउन चार वर्षअघि कार्यालय खोलियो । तर, आयोजनाको काम सुस्त गतिमा अगाडि बढेको जिल्ला समन्वय समिति दैलेखका सदस्य ललितजंग माझीले बताए । आयोजनाका कर्मचारीको लापरबाही र उचित ध्यान नपुग्दा योजना जिम्मा लिएका कम्पनीलेसमेत काममा ढिलाइ गरिरहेको माझीको भनाइ छ । अहिलेसम्म २० प्रतिशत कामसमेत हुन नसकेको र आयोजनाले स्थानीय बासिन्दासँग समन्वय नै नगरी जथाभावी ढंगले सडकको बाटो खोलेको स्थानीय अर्जुनबहादुर शाहीले बताए । जग्गा विवादले योजना निर्माणको काम समेत लामो समयदेखि प्रभावित बनेको छ । त्यस्तै अहिले आयोजना राकम कर्णालीको कार्यालय डेढ महिनादेखि प्रमुखविहीन छ । कार्यालयमा प्रमुखसहित १४ जनाको दरबन्दी रहे पनि कार्यालय सहयोगी बाहेक सबै छुट्टीमा रहने गरेको स्थानीय बासिन्दा बताउँछन् । पाँच वर्षदेखि जग्गा अधिग्रहणमा कुरा नमिल्दा पनि काम सुस्त हुन पुगेको आयोजनाको भनाइ छ । शहरी विकासका लागि १३७ रोपनी जग्गा अधिग्रहण प्रक्रिया मुआब्जा विवादकै कारण रोकिएको हो । जग्गा खाली नभएकाले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) को काम रोकिएको कन्सल्टेन्सीले बताएको छ । आयोजनाले उज्यालो शहर कार्यक्रमअन्तर्गत राकम कर्णालीमा सौर्य ऊर्जा जडान गरिसकेको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)