ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जीवन बीमा कम्पनीको पूँजीवृद्धि योजना

Feb 10, 2019  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar लक्ष्मी शर्मा
काठमाडौं । नेप्सेमा सूचीकृत ७ जीवन बीमा कम्पनीमध्ये २ कम्पनीले बीमा समितिले तोेकेको चुक्तापूँजी पु¥याएका छन् । नेपाल लाइफ इन्स्योरेन्स र नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले उक्त चुक्तापूँजी पु¥याएका हुन् । बाँकी ५ कम्पनीले पूँजीवृद्धिका लागि हकप्रद र बोनस शेयरको बाटो रोजेका छन् । बीमा समितिले २०७६ असार मसान्तसम्मका लागि पूँजीवृद्धिको समय थप गरेको छ । पूँजीवृद्धिका लागि सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले हकप्रद शेयर ल्याउने भएको छ । कम्पनीले ७० प्रतिशत हकप्रद शेयर जारी गर्र्नेछ । यसका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट मङ्सिर १२ गते स्वीकृति पाएको छ । कम्पनीले ७९ लाख २३ हजार ३ सय कित्ता हकप्रद शेयर जारी गर्न लागेको हो । हकप्रदपछि कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ९२ करोड पुग्नेछ । यसपछि पनि अपुग हुने रकम कम्पनीले बोनस शेयर जारी गर्नुपर्ने हुन्छ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ७८ करोड छ । अपुग रकम बोनस शेयर जारी गरेर पु¥याइने कम्पनीले बताएको छ । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले पनि पूँजीवृद्धिका लागि हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीले ६० प्रतिशत हकप्रद शेयर जारी गर्न सेबोनमा मङ्सिर १९ गते निवेदन दिएको छ । हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपछि उसको चुक्तापूँजी रू. २ अर्ब १ करोड पुग्नेछ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी हकप्रद शेयर निष्कासन गर्ने तयारीमा छ । कम्पनीले २ बराबर १ अनुपातमा हकप्रद शेयर जारी गर्न सेबोनबाट २०७४ चैत १९ गते स्वीकृति पाएको थियो । आव २०७३/७४ को वित्तीय विवरण स्वीकृति र साधारणसभामा भएको ढिलाइको असर हकप्रद शेयर निष्कासनमा परेको हो । अब छिट्टै हकप्रद शेयर आउने कम्पनीले बताएको छ । यो हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी रू. ८९ करोड १० लाख पुग्नेछ । २०७३/७४ को मुनाफाबाट ८ प्रतिशत बोनस शेयर र शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको पुस ३० गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरणको प्रस्ताव गरेको थियो । प्रस्तावित बोनस शेयर वितरणपछि कम्पनीको चुुक्तापूँजी रू. ९३ करोड ८५ लाख पुग्नेछ । अपुग रकम बोनस शेयर र हकप्रद शेयर जारी गरेर पूँजी पु¥याइने कम्पनीले बताएको छ । लाइफ इन्स्योरेन्स कर्पोरेशन कम्पनीले १२ प्रतिशत बोनस शेयर र शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । कम्पनीको कात्तिक १७ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । यसअघि कम्पनीले ३६ प्रतिशत बोनस शेयर र १ दशमलव ८९ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । उक्त प्रस्ताव बीमा समितिबाट अस्वीकृत भएको थियो । त्यसपछि वित्तीय विवरणमा संशोधन गरी पुनः पेश गर्न निर्देशन आएपछि कम्पनीले बोनस शेयर परिमार्जन गरेको हो ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)