ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मोरङमा जैविक उद्योग स्थापना

Feb 12, 2019  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar रोशनी भट्टराई
अढाई करोड लगानी विराटनगर । मोरङको पथरी शनिश्चरेमा रू. २ करोड ५० लाखको लगानीमा जैविक उद्योग स्थापना गरिएको छ । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले सोमवार एक समारोहबीच उद्योगको उद्घाटन गरे । पथरी शनिश्चरे वडा नम्बर २ को उत्साही साना किसान कृषि सहकारी संस्थाको संयोजनमा उद्योग स्थापना भएको हो । उद्योगमा कृषि क्षेत्रमा काम गर्ने मोरङ, झापा र इलामका १० कृषि संस्थाको समेत ६३ लाख लगानी छ । बाँकी लगानी भने उद्योग आफैले जुटाएको हो । १ बिघा जग्गा वार्षिक २५ हजारमा १५ वर्षे लिजमा लिएर १ वर्षअघि उद्योग निर्माण थालिएको थियो । प्रतिघण्टा १ टन मल उत्पादन क्षमता रहेको उद्योगका सञ्चालक एवम् प्राविधिक कृष्णचन्द्र महर्जनले बताए । उनले अबको १ वर्षमा प्रदेशमा २५ प्रतिशत रासायनिक मल र विषादी कम गर्ने तथा शहरी फोहोरलाई मलमा रूपान्तरण गर्ने योजना सुनाए । उनले भने, ‘उद्योगले फोहोरलाई प्रशोधन गरेर जैविक मलमा रूपान्तरण गर्ने छ ।’ उद्योगले यसक्षेत्रमा प्रयोग गरिने विषादी र रासायनिक मलको प्रयोगलाई घटाउन मद्दत गर्ने उनको भनाइ छ । पहिलो वर्ष दैनिक ७ टन जैविक मलको उत्पादनको गर्ने लक्ष्य लिएको उद्योगले यसवर्ष २ करोडको कारोबार गर्ने र आगामी वर्ष उत्पादन र आम्दानी दोब्बर बढाउने लक्ष्य राखेको छ । मुख्यमन्त्री राईले अबको आर्थिक वर्षमा सो उद्योगलाई प्रदेशकै उद्योग बनाएर बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)