ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बिममा लिफ्ट प्रविधिको खानेपानी

Feb 12, 2019  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा
म्याग्दी । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–७ बिममा लिफ्ट प्रविधिको खानेपानी आयोजना निर्माण गरिएको छ । नेपाल सरकार, फिनल्याड सरकार र गाउँपालिकाको १ करोड ४३ लाख लागतमा उक्त आयोजना बनाइएको हो । पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनाले सम्पन्न गरेको आयोजनामा उपभोक्ताले पनि श्रमदान गरेका थिए । आयोजनाबाट बिमका तल्लोगाउँ र अस्तवाङका १११ घर, आठ विद्यालय र सार्वजनिक स्थानमा पानी पुर्‍याइएको छ । आयोजनाका लागि २२ किलोवाट क्षमताको सोलार जडान गरिएको छ । बिबोटखोला र जुगेखोला मुहानको पानी लिफ्ट गरेर २४० मिटर माथिको ट्यांकीमा जम्मा गरेर वितरण थालिएको मालिका गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुले बताइन् । अहिले बिमका सबै घरमा खानेपानी वितरण भएको वडा नं ७ का अध्यक्ष रेशम जुक्जालीले जानकारी दिए । आयोजनामा दुई इन्टेक, आठ रिजर्भ ट्यांकी, ११९ धारा र ९ हजार ९०९ मिटर पाइपलाइनको व्यवस्था छ । १ वर्षअघि सरसफाइयुक्त गाउँ घोषित बिममा खानेपानीको समस्या थियो । आयोजना निर्माणपछि खानेपानीको समस्या टरेको कृषि प्राविधिक शिक्षालय, बिमका संयोजक करण कँडेलले बताए । खानेपानी आयोजनाको सोमवार सरोकारवालाको टोलीले अनुगमन समेत गरेको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)