ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

‘ब्याजदर घटाउन राष्ट्र बैंक सकारात्मक’

Feb 13, 2019  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशनी भट्टराई
विराटनगर । राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले ब्याजदर घटाउन राष्ट्र बैंक सकारात्मक रहेको बताएका छन् । मंगलवार विराटनगरमा आयोजित समसामयिक आर्थिक तथा बैंकिङ गतिविधि विषयक कार्यशालामा शिवाकोटीले उद्योगीको मागप्रति राष्ट्र बैंक सकारात्मक रहेको बताएका हुन् । उनले खुल्ला बजार अर्थनीतिअनुसार माग र आपूर्तिको आधारमा ब्याजदर निर्धारण हुने स्पष्ट पारे । उनका अनुसार राष्ट्र बैंकले ब्याजदर तोक्ने पुरानो परम्परातर्फ फर्कन नसक्ने भए पनि ब्याजदर नियन्त्रणका औजारहरू परिचालन गरेर ब्याजदर घटाउने प्रयास भइरहेको बताए । राष्ट्र बैंकले निर्धारण गरेको स्प्रेडदर नमान्नेलाई कारबाही गर्ने पनि उनको भनाइ छ । राष्ट्र बैंकले सीसीडी रेसियो ८० प्रतिशतको सीमा नघाउने तीनओटा बैंकलाई कारबाही पनि गरिसकेको उनले जानकारी दिए । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अविनाश बोहोराले देशको आर्थिक अवस्था सकारात्मक नभएको बताए । उनले बजारमा पूँजीको अभाव भएकाले पर्याप्त लगानी गर्ने स्थिति नभएको धारणा राखे । ब्याजदर बढाउने प्रतिस्पर्धाले झन् समस्या थपिरहेको उद्योगीको गुनासो छ । कार्यक्रममा प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई, आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीलगायतले उद्योगीले उठाउँदै आएको माग सम्बोधन गर्न राष्ट्र बैंकलाई आग्रह गरेका थिए । बैंकहरूले मनोमानी ढंगले ब्याजदर बढाएको भन्दै उद्योग संगठन मोरङ र मोरङ व्यापार संघ केही दिनअघि आन्दोलनमा उत्रिएका थिए । तर, उद्योगीको माग सम्बोधन गर्न सम्बन्धित निकायमा पहल गरिने सहमतिपश्चात् उनीहरूले आन्दोलन स्थगित गरेका थिए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)