ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

फोहोर व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई

Feb 13, 2019  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

फागुन १, म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाले नगरक्षेत्रमा संकलित फोहोर व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई दिने भएको छ । आज (फागुन १ गते) देखि लागू हुने गरी पोखराको ‘मिसन फर वेष्ट म्यानेजमेन्ट प्रालि’ लाई जिम्मा दिने सम्झौता भएको छ । मंगलवार बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ र ‘मिसन फर वेष्ट म्यानेजमेन्ट प्रालि’का यामबहादुर दर्जीले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

बजार क्षेत्रमा दैनिक रुपमा जम्मा हुने फोहोर विसर्जनका लागि डम्पिङ साइडको अभावमा निकै सास्ती खेप्दै आएका बजारबासीले अब भने समस्याबाट मुक्त भएका बेनी नगरपालिकाका प्रवक्ता एवम् वडा नं ८ का अध्यक्ष रामकृष्ण बराइलीले बताए । प्रवक्ता बराइलीका अनुसार बजार क्षेत्रमा संकलित फोहोर उठाएबापत प्राप्त हुने आम्दानीको ६० प्रतिशत ‘मिसन फर वेष्ट म्यानेजमेन्ट प्रालि’को र ४० प्रतिशत आम्दानी नगरपालिकाको हुने सम्झौता भएको छ ।

सहमति पत्रमा फोहोर संकलनका लागि नगरपािलकामा रहेको ट्याक्टरको प्रयोग, ट्याक्टर चालक तीन जना कर्मचारीको तलब सुविधा, मर्मत सम्भार र इन्धनको खर्च प्रालि व्यहोर्ने उल्लेख गरिएको छ । बजारवासीले पहिलेको जस्तै गरी फोहोरको शुल्क नगरपालिकामा नै गएर तिर्नुपर्ने छ । फोहोर उठाएबापत नगरपालिकाकाले बजारवासीहरुसँग शुल्क लिने गरेको छ ।

बेनी–गलेश्वर सडक खण्ड अन्तर्गत रातो पहिरोमा बनाइएको फोहोर संकलन केन्द्रमा फोहोर विर्सजन गरिने छ । रातो पहिरोमा नै ४४ लाखको लागतमा फोहोर विसर्जनका लागि संरचना निर्माण गरिए पनि फोहोर विसर्जन अस्तव्यस्त रहेको भन्दै नगरवासी एवम् प्रशिद्ध तीर्थस्थल गलेश्वर र मुक्तिनाथ जाने आउने तीर्थयात्री एवम् पर्यटकहरुले गुनासो गर्ने गरेका थिए । निजी क्षेत्रले फोहोर व्यवस्थापनको जिम्मा लिएपछि सहज हुनेमा नगरवासी आशावादी देखिएका प्रवक्ता बराइलीले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)