ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

रुकुमबाट २५ लाखको मकैको बीउ विक्री

Feb 13, 2019  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रवीर ददेल

फागुन १, रुकुम । रुकुमबाट करीब २५ लाख रुपैयाँको मकैको बीउ विक्री गरिएको छ । रुकुम पश्चिमका चारओटा स्थानीय तहका ११ किसान समूहले उत्पादन गरेको रामपुर कम्पोजिट, अरुण–४, मनकामना–३ र देउती जातको ५२ दशमलव ६६ मेट्रिक टन मकैको बीउ विक्री गरिएको हो ।

किसानले रामपुर कम्पोजिट र अरुण–४ प्रतिकेजी ४८ रुपैयाँ, मनकामना–३ र देउती प्रतिकेजी ४५ रुपैयाँका दरले विक्री गरेका स्थानीय किसान ज्ञानबहादुर ओलीले बताए । रामपुर कम्पोजिट २९ दशमलव ९१५ मेट्रिक टन र अरुण–४ जातको ८ दशमलव ४ मेट्रिक टन तथा मनकामना–३ जातको ११ दशमलव ९४४ मेट्रिक टन र देउती १ दशमलव ८१३ टन विक्री भएको किसानको लागि उन्नत बीउ बिजन कार्यक्रमले बताएको छ ।

क्षेत्रीय बीउबिजन प्रयोगशाला खजुरा बाँकेमा ल्याब परीक्षण गरिएपछि मात्रै किसानले मकैको बीउ विक्री गर्ने गरेका छन् । पूर्वसम्झौता अनुसार पञ्चशक्ति बीउ कम्पनी धनगढी, रुकुमेली एग्रोसिट दाङ, साइकुमारी एग्रोभेट र ओली सप्लायर्सले यहाँका किसानले उत्पादन गरेका बीउ खरीद गरेका किसानको लागि उन्नत बीउ बिजन कार्यक्रमका सल्लाहकार राजु लामिछानेले बताए ।

जिल्लाको मकैको बीउको उमार शक्तिका आधारमा किसानले थप मूल्यसमेत पाएका छन् । ल्याब परीक्षणको क्रममा ८० प्रतिशत बढी उमार शक्ति भएको पाइएमा प्रतिकेजी २० पैसा थप्ने बीउ कम्पनीसँग किसानले सम्झौता गरेका थिए । मकैको बीउमा ८० देखि ९९ प्रतिशतसम्म उमार शक्ति रहेको उन्नत बीउ बिजन कार्यक्रम कृषि उद्यम केन्द्रका कृषि व्यवसाय सल्लाहकार लामिछानेले बताए । लामिछानेका अनुसार किसानले उत्पादन गरेका थप बीउ पनि विक्री हुने क्रममा छन् ।

रुकुम पश्चिमको मुसीकोट नगरपालिका, चौरजहारी नगरपालिका, बाँफिकोट गाउँपालिका र त्रिवेणी गाउँपालिकाका किसानले मकैको उन्नत बीउ उत्पादन गरेका छन् । यस क्षेत्रका किसान समूहहरुलाई किसानका लागि उन्नत बीउ बिजन कार्यक्रमले सिँचाइ, कृषि औजारदेखि आवश्यक तालिम र बीउ भण्डारणका लागि आवश्यक सामग्रीसमेत सहयोग गदै आएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)