ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

खानेपानी आयोजनामा स्थानीयको विरोध

Feb 14, 2019  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar रोशनी भट्टराई
विराटनगर । मोरङको जहदा गाउँपालिका–३ भातीगछमा निर्माणाधीन खानेपानी आयोजनाको काममा लापरबाही भएको भन्दै स्थानीयवासीले विरोध गरेका छन् । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय नं ४ झापाको मातहतमा शुरू भएको आयोजनाको कम्पाउन्ड पर्खाल निर्माण गुणस्तरहीन भएको स्थानीयले औंल्याएका छन् । उपभोक्ता समितिले कुनै जानकारी नदिई निर्माण थालिएको पर्खाल २ दिनमै भत्कन थालेपछि स्थानीयले गुणस्तरको विषय उठाएका हुन् । स्थानीयले साविकको भातीगछमा रहेको १८ कट्ठा ऐलानी जग्गामा वन कार्यालयको सहयोगमा वृक्षरोपण गरेका थिए । स्थानीय लक्ष्मी सामुदायिक वन उपभोक्ता समितिलाई समेत जानकारी नदिई निर्माण शुरू गरिएको स्थानीयको गुनासो छ । तीनवर्षे योजना अन्तर्गत करीब ८ करोड लागतमा सो खानेपानीको काम सम्पन्न गर्ने योजना छ । यसका लागि चालू आर्थिक वर्षमा १४ लाख २५ हजार निकासा भएको छ । आयोजनाको प्रारम्भिक चरणमा करीब ६ कट्ठा क्षेत्रफलमा १ सय ६३ मिटर पर्खाल लगाउनुपर्ने छ । वन उपभोक्ता समितिका अध्यक्ष श्रवण राजवंशीले आफूहरूसँग कुनै समन्वय नगरी आयोजनाको काम शुरू गरिएको बताए । आयोजनाले कुनै सूचना पाटी समेत नराखी काम थालेकाले गुणस्तरहीन काम हुने सम्भावना बढेको उनको आशंका छ । इन्द्रानन्द रायको अध्यक्षतामा ७ सदस्यीय उपभोक्ता समिति बनाएर काम शुरू गरिएको आयोजनाले बताएको छ । विराटनगरस्थित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, डिभिजन नं ४ झापाका इन्जिनीयर ज्योतिष मिश्रले निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग भए÷नभएको अनुगमन गरिने बताए । ‘मापदण्ड विपरीत काम भएको भेटिए नियम अनुसार कारबाही गरिनेछ,’ उनले भने । उक्त आयोजनाको निर्माण शुरू भए पनि अनुगमन र छानबिनपछि मात्र उपभोक्ता समितिलाई भुक्तानी दिइने उनको भनाइ छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)