ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्राथमिकतामा परेन त्रिदेशीय सडक योजना

Feb 20, 2019  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आकाश तारा बयक
सुर्खेत । सरकारले प्राथमिकता नदिँदा नेपाल, भारत र चीन जोड्ने त्रिदेशीय सडक योजना अलपत्र परेको छ । भारतको तिकुनिया–कतरनियाघाट, बर्दियाको राजापुर, कैलालीको चिसापानी–घाटगाउँ–गुुटु–मंगलसेन–बाजुरा हुँदै हुम्लाको हिल्साबाट तिब्बत जोड्ने सडक निर्माण हुन नसकेको हो । यो रुटमा सुर्खेतको गुटुबाट अछाम सदरमुकाम मंगलसेन जोडिन अब ४ किमी बाँकी छ । कैलालीको चिसापानी र सुर्खेतको घाटगाउँसम्म सडक निर्माण भइसकेको छ । यस क्षेत्रका बासिन्दाले पाँच दशकदेखि व्यापारिक महŒवको त्रिदेशीय सडक निर्माणलाई प्राथमिकता दिन माग गर्दै आएका छन् । सरकारले दुई वर्षअघि उक्त सडकका लागि बजेट विनियोजन गरे पनि सुर्खेत खण्डमा अझै ट्र्याक विस्तार हुन सकेको छैन । चालू आवमा चौकुने गाउँपालिकाले गुटु–साल्म–जंगलाघाट सडक निर्माणका लागि न्यून बजेट विनियोजन गरेको छ । कैलालीको सुंगुरखाल र घाटगाउँको चिप्लेमा साढे चार मिटर लामो मोटरेबल पुलका लागि समेत रू.२२ करोड बजेट विनियोजन छ । त्रिदेशीय सडक सञ्जाल आसपासका बासिन्दाले कतरनिया–सती सुख्खा बन्दरगाह सञ्चालन गर्न माग राख्दै आएका छन् । सडक डिभिजन कार्यालय सुर्खेतले चिसापानी–गुटु–मंगलसेन फास्ट ट्र्याक बहुवर्षीय योजना अन्तर्गत रहेको बताएको छ । डिभिजन प्रमुख गुरुप्रसाद घिमिरेले कर्णाली कोरिडोरलाई समेत समेट्ने गरी उक्त ट्र्याक निर्माण गर्दा त्रिदेशीय सडक सञ्जालको सपना चाँडै पूरा हुने विश्वास व्यक्त गरे । १० वर्षअघि साविकको गुटु गाविसले ग्रामीण सडक कार्यक्रमअन्तर्गत ‘चिसापानी–गुटु–मंगलसेन’ सडकको काम थालेको थियो । अछामको मंगलसेन पुग्न पूर्वपश्चिम राजमार्गबाट डोटी हुँदै ३ सय ९० किलोमिटर यात्रा पार गर्नुपर्ने हुन्छ, तर यो सडक बने चिसापानी–मंगलसेन ९० किलोमिटर मात्रै दूरी पर्नेछ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)