ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मोरङको कटहरीमा खानेपानी आयोजना सञ्चालन

Feb 20, 2019  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशनी भट्टराई
विराटनगर । मोरङको कटहरी गाउँपालिका–२ मा कटहरी खानेपानी आयोजना सञ्चालनमा आएको छ । करीब पाँच कट्ठा क्षेत्रफलमा २ लाख २५ हजार लिटर क्षमताको खानेपानी ट्यांकी निर्माण गरिएको छ । हाल ट्यांकीबाट गाउँपालिकाको करीब ७ सय ४८ घर परिवारले स्वच्छ खानेपानी उपभोग गर्दै आएको कटहरी खानेपानी आयोजना तथा सरसफाइ मूल उपभोक्ता समितिका सचिव देवराज चौधरीले जानकारी दिए । यससँगै गाउँमा लामो समयदेखि रहेको खानेपानीको समस्या टरेको उनको भनाइ छ । आयोजनाले गत ४ महीनासम्म स्थानीयलाई निःशुल्क रूपमा खानेपानी वितरण गर्दै आएको थियो । हाल उपभोक्ता समितिले शुल्क निर्धारण गरेर स्वच्छ पिउने पानी वितरण गरेको छ । दुईओटा बोरिङले दैनिक ८ लाख लिटर पानी तान्दै आएको छ भने साढे ७ लाख लिटर पानी खपत भइरहेको छ । ४ सय ८० फिट गहिराइबाट पानी निकालेर उपभोक्तालाई वितरण गरिँदै आएको उपभोक्ता सचिव चौधरीले जानकारी दिए । समितिका अध्यक्ष विद्यानन्द चौधरीले समितिले तोकिदिएको शुल्क बुझाएपछि उपभोक्ताले खानेपानीको सदस्य बन्न पाउने बताए । उनका अनुसार नयाँ सदस्य बन्ने ग्राहकसँग हाल २ हजार रुपैयाँ र १ हजार ३ सय रुपैयाँ धारा जडान खर्च लिने गरिएको छ । खानेपानीको पानी उपभोग गर्ने उपभोक्ताको संख्यामा वृद्धि हुन थालेपछि समितिले कटहरी–२ आदर्शटोलमा १ थान ओभरहेड ट्यांकी निर्माणको तयारी शुरू गरेको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)