ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रदेश अस्पतालबाट ६० हजारभन्दा बढीले लिए उपचार सेवा

Feb 20, 2019  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विनोद लम्साल

फागुन ८, वीरेन्द्रनगर । सुर्खेतमा रहेको कर्णाली प्रदेश अस्पताल (साविकको मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल)ले गत आर्थिक वर्षमा ६० हजारभन्दा बढी बिरामीलाई उपचार सेवा दिएको छ । प्रदेश अस्पताल स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सो जानकारी गराइएको हो । अस्पतालले मुख्यगरी कर्णाली प्रदेशका बासिन्दालाई उपचार सेवा दिइरहेको छ ।

गत आर्थिक वर्षमा अस्पतालको बहिरंग सेवाबाट ६० हजारभन्दा बढी र आकस्मिकमा करीब १० हजार नागरिकले सेवा लिएको अस्पतालले बताएको छ । अन्तरंग सेवाबाट १२ हजारभन्दा बढी र करीब ४ हजारलाई सुत्केरी सेवा दिइएको छ । मेजर अप्रेशन करीब १ हजार ५०० ओटा गरिएको छ । ५५ जना आङ खस्ने महिलाको अप्रेशन र ३६ जनाको फिस्टुलाको अप्रेशन गरिएको छ । भर्ना भई उपचार लिएकामध्ये ९७ प्रतिशत बिरामी निको भएको अस्पताल विकास समितिका अध्यक्ष श्यामलाल कँडेलले बताए ।

अस्पताललाई ५० शय्याबाट अहिले ११५ शय्या पुर्‍याइएको छ । ३०० शय्याको नयाँ भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । आगामी आर्थिक वर्षदेखि सो भवनबाट सेवा सञ्चालन गरिने अस्पतालमा प्रमुख मेसु डा. डम्बर खड्काले जानकारी दिए । अस्पतालले स्त्री तथा प्रसुति विभाग, शल्यचिकित्सा विभाग, मेडिसिन विभाग, हाडजोर्नी विभाग, बालरोग विभाग, नसा तथा मानसिक रोग विभाग, दन्तरोग विभाग, फिजियोथेरापी विभागबाट विभिन्न सेवाहरु सञ्चालन गरिरहेको छ ।

यसैबीच प्रदेश अस्पताल स्थापना दिवसको अवसरमा कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले प्रदेश अस्पताललाई स्तरोन्नति गरी प्रदेशकै मेडिकल कलेजको रुपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले जनशक्ति र उपकरणको व्यवस्था गर्न पनि सरकारले पहल गर्ने आश्वासन दिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)