ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान कार्यक्रम, ५ करोड रुपैयाँसम्मको कर्जामा अनुदान

Feb 23, 2019  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विनोद लम्साल

फागुन ११, वीरेन्द्रनगर । नेपाल राष्ट्र बैंकले किसानहरुका लागि सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान कार्यक्रम सञ्चालन गरेको छ । ७ ओटा क्षेत्रहरुका लागि ५ करोड रुपैयाँसम्म सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान दिइने नेपाल राष्ट्र बैंक नेपालगञ्जका निमित्त निर्देशक नारायण पोख्रेलले जानकारी दिए ।

थोक कर्जा वितरक तथा सहकारी संस्थाहरुबीच समन्वय गोष्ठीमा उनले वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा निमित्त निर्देशक पोख्रलले ५ करोड रुपैयाँसम्म सहुलियत कर्जामा ब्याज छुटको व्यवस्था भएको जानकारी दिए । राष्ट्र बैंकले व्यावसायिक पशुपन्छी तथा कृषि, शिक्षित युवा स्वरोजगार, विदेशबाट फर्केका युवा परियोजना कर्जामा सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान दिइएको पोखरेलले जानकारी दिए । यस्तै महिला उद्यमशिलता, दलित समुदाय व्यवसाय विकास, उच्च प्राविधिक तथा व्यावसायिक शिक्षा र भूकम्प पीडितहरुको निजी आवास निर्माणमा अनुदान उपलब्ध हुने उनले बताए । आगामी असार महीनादेखि राष्ट्रबैंकले सञ्चालन गर्दै आएको ग्रामिण स्वाबलम्बन कोष बन्द हुन लागेको जानकारी पोख्रलले जानकारी दिए ।

कार्यक्रममा बोल्दै पहल कार्यक्रम क्षेत्रीय कार्यालय नेपालगञ्जका वरिष्ठ क्षेत्रिय वित्तीय सेवा अधिकृत विश्व श्रेष्ठले पहल कार्यक्रम लागू भएका ७ ओटा जिल्लाका २० हजार बढी किसानहरुलाई वित्तिय सक्षरता कक्षामा सहभागी गराइएको जानकारी दिए । ‘सहकारीका शेयर सदस्यहरुको बढ्दो ऋण मागलाई सम्बधोन गर्न थोक कर्जा प्रवाह गर्ने संस्थाहरुसंग समन्वय गर्न आवश्यक रहेको उनको भनाइ थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)