ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

निगम जापान उडानका लागि अपरेटिङ परमिटको प्रतीक्षामा

Feb 24, 2019  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल
काठमाडौं । नेपाल वायुसेवा निगमले वाइडबडी विमानबाट जापान उडानको तयारी पू्रा गरेको छ । उडानको सम्पूर्ण तयारी पूरा गरी जापान सिभिल एभिएशन ब्युरो (जेक्याब)बाट उडान अनुमति प्रमाणपत्र (एओसी) प्रतीक्षामा रहेको निगमले जानकारी दिएको छ । उडानका लागि निगमले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) बाट भने विमान सञ्चालनको अनुमति प्रमाणपत्र (एओसी) पाइसकेको छ । जापानबाट परमिट आउनासाथ जापानको ओसाकामा उडान गर्ने निगमको योजना रहेको निगमका कार्यकारी अध्यक्ष मदन खरेलले जानकारी दिए । उनले भने, ‘जापानका लागि हाम्रो तर्फबाट गर्नुपर्ने सबै तयारी सम्पन्न भइसकेको छ । सम्भवतः यसै साताभित्र परमिट पाइन्छ । त्यसलगत्तै निगमले वाइडबडी विमानबाट काठमाडौं–ओसाका उडान थाल्नेछ ।’ निगमले तत्काललाई ओसाका र त्यसपछि जापानकै नारितामा पनि उडानको तयारी गरिरहेको उनले बताए । निगमको ओसाकामा सातामा तीनओटा उडान गर्ने योजना छ । यसपछि ओसाका दुई र नारिता दुई गरी सातामा चारओटा उडान गर्ने निगमको योजना छ । ओसाका उडानका लागि निमगले कर्मचारीसमेत खटाइसकेको खरेलले जानकारी दिए । अहिले निगमको अन्तरराष्ट्रिय बजार हिस्सा करीब १२ प्रतिशत रहको छ भने जापान उडान शुरू गरेपछि बजार हिस्ता करीब १८ प्रतिशतसम्म पुग्ने निगमको अनुमान छ । निगमले करीब ९ महीनाअघि दुईओटा वाइडबडी विमान खरीद गरेको थियो । निगमले अहिले पुराना गन्तव्य भारतको नयाँदिल्ली, बेंग्लोर र मुम्बई, मलेसियाको क्वालालम्पुर, थाइल्यान्डको बैंकक, हङकङ, दुबई र कतारको दोहामा उडान गर्दै आएको छ । निगमसँग अन्तरराष्ट्रिय उडानका लागि हाल दुईओटा वाइडबडी ए–३३० विमान, दुई न्यारो बडी ए–३२० विमान र एक बोइङ ७५७ गरी पाँचओटा विमान रहेका छन् । ओसाका विमानस्थलले निगमलाई विशेष सुविधा दिने भएको छ । निगमका अनुसार पहिलो १ वर्षसम्म ल्यान्डिङ र पार्किङ शुल्क नलिने, दोस्रो वर्ष ७५ प्रतिशत, तेस्रो वर्ष ५० प्रतिशत र चौथो वर्षदेखि मात्रै पूरा शुल्क लिने प्रतिबद्धता व्यक्त गरेको छ । अशेसाका विमानस्थलले दिने यो सुविधाले निगमको ठूलो खर्च बचत हुने निगमले जानकारी दिएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)