ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कृषिका पकेट तथा ब्लक क्षेत्र बढे

Feb 27, 2019  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar रोशन तिवारी
पर्वत । पर्वत र बागलुङमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत पकेट तथा ब्लक क्षेत्र बढेका छन् । चालू आर्थिक वर्षमा २८ पकेट क्षेत्र र ६ ओटा ब्लक क्षेत्र थपिएका हुन् । यीमध्ये पर्वतमा १९ र बागलुङमा ९ ओटा पकेट क्षेत्र छन् । यस्तै ब्लकअन्तर्गत पर्वतमा ५ र बागलुङ १ क्षेत्र थपिएका छन् । कृषि ज्ञानकेन्द्रका प्रमुख वासुदेव रेग्मीका अनुसार सुन्तला, धान, मकै, अलैंची, मौरी र तरकारीका पकेट बनाइएका छन् । कृषिको आधुनिकीकरण र यन्त्रीकरणमार्फत कृषिउपजमा आत्मनिर्भर लक्ष्यअनुसार पकेट र ब्लक क्षेत्र थपिएको उनले बताए । यी क्षेत्रमा तरकारी, फलफूल र नगदे बालीको उत्पादन बढाइने भएको छ । पकेट र ब्लक क्षेत्रका कृषकलाई मल, बीउ, प्रविधि, नर्सरी, उपकरण र ढुवानीमा अनुदान दिने गरिएको छ । कृषि ज्ञानकेन्द्रका अनुसार प्रतिपकेट क्षेत्र ५ लाख र प्रतिब्लक २५ लाख छुट्ट्याइएको छ । पकेट कार्यक्रमअन्तर्गत पर्वतमा सुन्तला, आलु, अलैंची, च्याउका पकेट क्षेत्र बनेका छन् भने बागलुङमा पनि सुन्तला, मौरी, अलैंची, आलु, सिमीका पकेट क्षेत्र बनेका छन् । पर्वतका ७ ओटै स्थानीय तह र बागलुङका १० ओटै स्थानीय तह समेट्नेगरी पकेट तथा ब्लक क्षेत्र बनाइएको कार्यालय प्रमुख रेग्मीले बताए । ‘स्थानीय स्तरको विशिष्ट बालीका आधारमा पकेट तथा ब्लक क्षेत्र निर्धारण गरिएको छ,’ उनले भने । पर्वत र बागलुङमा गत वर्षदेखि सञ्चालित ब्लक तथा पकेट क्षेत्रका लागि १०÷१० लाख अनुदान सहयोग गरिने भएको छ । प्रांगारिक खेती प्रवद्र्धनका लागि १ करोड ५० लाख, प्रदेश सरकारले अनुदान दिने साना मोडल फार्ममा ३ करोड ५० लाख र वर्ष मल, बीउ, नर्सरी स्थापना, उपकरण सहयोग, तालीम लगायतको शीर्षकमा १२ करोड खर्च गरिने भएको छ । पर्वत, बागलुङ र म्याग्दीका ५२ वडा समेटेर सुन्तला जोन बनाउने कार्ययोजना समेत अघि बढेको रेग्मीले बताए । उनका अनुसार पर्वतको जलजला गाउँपालिका, म्याग्दीका बेनी नगरपालिका, अन्नपूर्ण, रघुगंगा, मालिका गाउँपालिका, बागलुङका बागलुङ नगरपालिका र काठेखोला गाउँपालिका समेटेर सुन्तला जोन बनाउन लागिएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)