ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विपन्न महिलाको आयस्तर वृद्धिमा लघुवित्तको सहयोग

Feb 28, 2019  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिपेश पौडेल
रौतहट । रौतहटका विपन्न तथा दलित समुदायका महिला लघुवित्त संस्थामा आबद्ध भएपछि आयस्तरमा वृद्धि भएको छ । कमजोर आर्थिक अवस्थाले विभिन्न किसिमका समस्या र चुनौतीको सामना गरिरहेका उनीहरूले लघुवित्त संस्थामा आबद्ध भएपछि रोजगारी पाएका छन् । गुजरा नगरपालिकाको जयराजपुर बस्ने ४६ वर्षीया रामवतीदेवी विन एक दलित तथा विपन्न सामुदायकी महिला हुन् । उनले अहिले तरकारी खेती गरेर मनग्गे आम्दानी लिने गरेकी छिन् भने उनका श्रीमान्ले अटोरिक्सा चलाउने गरेका छन् । रामवतीदेवीको दाम्पत्य जीवनमा लघुवित्त संस्थाले खुसी दिएको छ । गाउँघरका महिला तथा लघुवित्त संस्थाका कर्मचारीको अनुरोधमा २०७४ साल पुस २ गते उनी चन्द्रपुरमा रहेको सबैको लघुवित्त वित्तीय संस्थाको समूहमा प्रवेश गरिन् । पहिलो पटक लघुवित्त वित्तीय संस्थाबाट ८० हजार ऋण लिएर अटो खरीद गरी श्रीमान्ले व्यवसाय शुरू गरेको उनले बताइन् । अटोबाट भएको आम्दानीसँगै केही रकम ऋण लिएर आफूले तरकारी खेती गरेको उनको भनाइ छ । अटो र तरकारीखेतीको आम्दानीले रामवतीका पाँचजनाको परिवार खुसी छ । दलित तथा विपन्न समुदायलाई गाउँघरमा ऋण नदिने र दिए पनि चर्को ब्याज लिने भएकाले पहिले मारमा पर्ने गरेको समस्या उनले बताइन् । जसकारण दलित तथा विपन्न समुदायको जीवनस्तरमा परिवर्तन आउन नसकेको उनको बुझाइ छ । आफू दलित समुदायकी महिला भए पनि लघुवित्त संस्थाले सहज रूपमा ऋण उपलब्ध गराएकाले आत्मनिर्भर भएको उनको भनाइ छ । श्रीमान्ले आटोबाट मासिक ३५ हजारसम्म कमाउने गरेका र तरकारी खेतीबाट समेत आम्दानी हुने गरेकाले जीवन निर्वाहमा सहज भएको रामवतीले बताइन् । लघुवित्त संस्थामा आबद्ध भएपछि क्षमता अभिवृद्धि हुनुका साथै आर्थिक कारोबार गर्नसमेत सिकेको उनले बताइन् । चन्द्रपुर ८ स्थित सन्तपुरमा रहेको सबैको लघुवित्त वित्तीय संस्थाबाट ऋण लिएका महिलाहरू आत्मनिर्भरतर्फ उन्मुख भएका छन् । अधिंकाश महिलाले व्यवसाय गरेको शाखाका प्रमुख विवेककुमार साहले बताए । संस्थाले विनाधितो ऋण उपलब्ध गराउने हुँदा आर्थिक अवस्था कमजोर भएका महिलालाई सहज भएको उनको भनाइ छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)