ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

असिना पानीले म्याग्दीका किसानको १० लाखभन्दा बढीको तरकारी नष्ट

Mar 1, 2019  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

फागुन १७, म्याग्दी । असिना पानीले म्याग्दीको बेनी नगरपालिका–२, खबरामा लाखौंको तरकारी नष्ट गरेको छ । बुधवार राति १२ बजेदेखि परेको भीषण असिना र पानीले विक्रीका लागि टिप्ने बेला भएका तरकारी खेतीमा क्षति पुर्‍याएको हो ।

असिना पानीका कारण खबरामा मात्रै १० लाख रुपैयाँ मूल्य बराबरको तरकारीमा क्षति पुगेको विगत खबराका अगुवा कृषक चन्द्रवहादुर कार्कीले बताए । ४० वर्षदेखि व्यावसायिक रुपमा तरकारी खेती गर्दै आएका कार्कीको मात्रै ४ लाख रुपैयाँ बराबरको तरकारीमा क्षति पुगेको छ ।

असिना र पानीले बन्दा, काउली, आलु, गाजर, रायो, लसुन, प्याज, धनिया, मुला लगायतका बेमौसमी तरकारी खेतीमा क्षति पुर्‍याएको कृषकहरुले बताएका छन् । म्याग्दीको बेनी नगरपालिकाको ज्यामरुककोट, खबरा, बगरफाँट, राक्से, सिङ्गा, तातोपानी लगायतका क्षेत्रमा लगाइएको तरकारी खेती असिना पानीले नष्ट गरिदिएको हो ।

असिनाले खबरामा लगाइएको केरा खेतीमा समेत असर पुर्‍याएको छ । मध्य रातमा परेको असिना र पानीले खासगरी म्याग्दी सदरमुकाम बेनीबजार आसपासका क्षेत्रमा लगाइएको तरकारी बालीमा बढी असर गरेको छ । खानयोग्य तरकारी बाली असिना पानीले नष्ट गरेपछि किसानहरु चिन्तित बनेका छन् ।

बेनी नगरपालिकाको खबरालगायत क्षेत्रबाट बेनीबजारमा दैनिक रुपमा तरकारी आयात हुने गर्दछ । जिल्लाको उच्च हिमाली र पहाडी क्षेत्रमा बाक्लो हिमपात हुनुका साथै तल्लो क्षेत्रमा असिना पानी परेको हो । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)