ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दाङमा व्यावसायिक ड्रागन फल खेती

Mar 3, 2019  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar उदय बीसी
दाङ । दाङको लमही नगरपालिका–१, कोडिया निवासी बसन्तकुमार शर्माले व्यावसायिक रूपमा ड्रागन फ्रुट खेती थालेका छन् । केही वर्षपहिले काठमाडौंबाट ड्रागनका ३ ओटा बिरुवा ल्याएर रोपेका शर्माले अहिले ६ कठ्ठा जग्गामा १ हजार बिरुवा लगाएर व्यावसायिक खेती गरेका हुन् । काठमाडौंस्थित बहुआयामिक कृषि उत्पादन तथा वितरण प्रालिको शाखा विस्तारको रूपमा दाङमा शाखाको रूपमा सञ्चालन गरिएको उनले बताए । ‘यो जिल्लाको लागि नयाँ व्यवसाय पनि हो,’ उनले भने, ‘नयाँ व्यवसाय भएर पनि होला आम्दानी सन्तोषजनक नै छ ।’ जिल्लामा केही व्यक्तिले एक/दुईओटा ड्रागनका बिरुवा लगाए पनि व्यावसायिक रूपमा यसको खेती गर्ने आफू नै भएको उनको दाबी छ । नयाँ व्यवसायबाट आम्दानी सन्तोषजनक भएपछि यसलाई विस्तार गरेर लैजाने मनसायमा छन् शर्मा । दाङको हावापानी ड्रागन खेतीको लागि उपयुक्त भए पनि यसको बिरुवा अलि महँगो छ । एउटा बिरुवाको मूल्य ७ सयदेखि एक हजार रुपैयाँसम्म पर्ने गर्दछ । फलफूलको रूपमा प्रयोग गरिने ड्रागन फ्रुट क्यान्सर, सुगर भएका व्यक्तिले समेत खान मिल्ने भएपछि यसको माग बढ्दो भएको शर्माको भनाइ छ । ड्रागनको बिरुवा लगाएको २४ महीनामा फल दिन शुरू गर्ने विज्ञले बताए पनि आफूले लगाएको १७ महीनामा नै फल दिन शुरू गरेको उनले जानकारी दिए । उनका अनुसार एउटा बिरुवाले एक वर्षमा ३५ किलोसम्म फल दिन्छ । ड्रागन फ्रुट उनले ५ सय रुपैयाँ प्रतिकिलो विक्री गर्ने गरेको बताए । यो व्यवसायबाट अहिलेसम्म आफू सन्तुष्ट रहेको पनि उनी बताउँछन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)