ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नमुना आवास कार्यक्रम शिलान्यास, सुकम्वासी र विपन्न परिवारका लागि १०० घर बनाइने

Mar 4, 2019  
मुख्य खबर प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशनी भट्टराई

फागुन २०, विराटनगर । नेपाल सरकार र विराटनगर महानगरपालिकाको संयुक्त लगानीमा विराटनगर महानगरपालिका वडा नम्बर ५ मा १०० नमुना आवास गृह बनाइने भएको छ । स्थानीय कञ्चनबारी चोक केशलिया नजिक रहेको झण्डै २ बिगाह क्षेत्रफलमा आवास गृह बनाउन लागिएको हो ।

सुकुम्वासी तथा विपन्न परिवारका लागि आवास निर्माण कार्यक्रमको सोमवार विराटनगरमा शिलान्यास गरिएको छ । सो आवास निर्माणका लागि ह्याविटेट फर ह्युमानिटी इन्टरनेशनल नेपाल, उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ लगायतको सहभागिता रहनेछ । नेपाल सरकारको रू. २ करोड, ह्याविटेट नेपालको रू. १ करोड ५० लाखको सहयोग रहनेछ भने उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले २० ओटा घर बनाउने सहमति भएको छ ।

शिलान्यास कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालवावु पण्डितले तीनै तहका सरकारहरु देश निर्माण सहित समृद्धिको बाटोमा हिडिरहेको बताए । उनले भूमिहिन र विपन्न वर्गका समुदायको जीवनस्तर उठाउन सरकार कटिवद्ध भएर लागेको बताए । संघीय, प्रदेश र स्थानीयतहमा निर्वाचित जनप्रतिनिधि केही गरौं भन्ने भावनाका साथ काम गरिरहेको उनले दाबी गरे । तराइ, मधेस समृद्धि कार्यक्रमले समेत गति लिएको र चाँडै नै जनताले राहत पाउँदै जाने मन्त्री पण्डितले बताए । उनले विराटनगरमा भइरहेका विकास निर्माणका कामहरु सन्तोषजनक रुपमा अगाडी बढीरहेको बताए । आफू संलग्न भएर महानगरका मेयरको अगुवाइमा भएका सबै कामले पूर्णता पाउने दाबी समेत उनले गरे ।

कार्यक्रममा प्रदेश नं.१ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले जनअपेक्षा अनुरुपका कामहरु हुँदै गएको बताए । राज्यले जग्गा र धनीपुर्जा बाँड्ने भन्दा पनि निश्चित वर्ग र समुदायका व्यक्तिहरुलाई आवासको व्यवस्था गर्नु पर्नेमा जोड दिए । विराटनगर महानगरका मेयर भीम पराजुलीले आफ्नो कार्यकालमा थालनी भएका शिलान्यास सहित जनहितका कार्यक्रम आफ्नै पालामा सम्पन्न गर्ने लक्ष्यका साथ काम गरिरहेको बताए । उनले विराटनगरको वडा नं. १९ र ५ का सुकुम्वासी र विपन्नवर्गको हितका लागि गरिएको कार्यमा सहयोग गर्न आग्रह गरे ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)