ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ठूला औद्योगिक घरानाको लगानी सेवामूलक क्षेत्रमा : १ अर्ब रुपैयाँको लगानीमा सेन्ट्रल मल सञ्चालन

Mar 5, 2019  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशनी भट्टराई
विराटनगर । विराटनगरका ठूला औद्योगिक घरानाले सेवामूलक क्षेत्रमा लगानी गर्न थालेका छन् । सरकारी नीति, मजदूर अभाव, विदेशी उत्पादनसँगको प्रतिस्पर्धामा ह्रासका कारण उद्योगीहरूले आफ्नो लगानीलाई सेवामूलक क्षेत्रमा लगाएका हुन् । विराटनगरका प्रतिष्ठित तीन ठूला औद्योगिक घरानाले मलमा लगानी गरेका छन् । विशाल ग्रूप, देवेनरा गू्रप र हाइलाइफ ग्रूपको १ अर्ब रुपैयाँभन्दा बढीको संयुक्त लगानीमा सेन्ट्रल मल सञ्चालनमा आएको छ । मलभित्र अत्याधुनिक प्रविधिसहितको सेन्ट्रल मल्टिप्लेक्स प्रालि (सिनेमा हल) २ महीनाअघि नै सञ्चालनमा आइसकेको छ । जहाँ तीनै औद्योगिक घरानाले ११ करोड रुपैयाँ लगानी गरेका छन् । साढे १५ कट्ठा क्षेत्रफलमा १ लाख ३४ हजार स्क्वायरफिटमा फैलिएको मलमा हाल ३ सयभन्दा बढीले रोजगारी पाएका छन् । मलमा डिपार्टमेन्टल स्टोरसहित १०४ ओटा पसल कवल रहेका छन् । ७० प्रतिशत पसल सञ्चालनमा आइसकेका छन् । वैशाखसम्ममा सबै पसल सञ्चालनमा आउने मलका सञ्चालक प्रकाश मुन्दडाले बताए । मल पूर्ण क्षमतामा सञ्चालनमा आएपछि ५ सयभन्दा बढीले प्रत्यक्ष रोजगारी पाउनेछन् । ३० हजार स्क्वायर फीटको तीन तलामा डिपार्टमेन्टल स्टोर छ । २५० जना क्षमताको फुडकोर्ट, ६० ओटा गाडी र २५० मोटरसाइकल र १५० ओटा साइकल अट्ने अन्डरग्राउन्ड पार्किङको सुविधासमेत मलमा छ । जापानीसहित ५० ओटाभन्दा बढी विदेशी चर्चित ब्रान्डका उत्पादन पनि मलमा उपलब्ध छ । १५ ओटा गेमिङ जोन, ब्यूटीपार्लर, शैलुन, एटीएम, विभिन्न खानाका परिकार, सिनेमा हल लगायत छन् । ‘यहाँ नूनदेखि सुनसम्म उपलब्ध हुनेछ,’ मुन्दडाले भने, ‘यसले प्रदेश–१ का उपभोक्तालाई एउटै छानामुनि सामान खरीद गर्न सहज हुनेछ ।’ वैशाखदेखि रूफटप रेस्टुराँसमेत सञ्चालनमा आउने बताइएको छ । विराटनगरमा उच्च गुणस्तरीय सामान नपाउँदा यसअघि भारतको सिलगुढीसम्म उपभोक्ता पुग्ने गरेका थिए । अब भारत जाने ग्राहकलाई सेन्ट्रल मलले रोक्ने उनको दाबी छ । भारतीय सीमावर्ती ग्राहकलाई समेत मलले आकर्षित गर्ने अर्का सञ्चालक विकास चौधरी बताउँछन् । विराटनगरसँग सीमा जोडिएको भारतीय बजार जोगबनीमा नेपाली उपभोक्ताकै कारण दैनिक २ करोडभन्दा बढीको कारोबार हुने गरेको छ । तर, यसपछि त्यो रोकिने सञ्चालक चौधरीको दाबी छ । सेन्ट्रल मल्टिप्लेक्समा आउने दर्शकले अन्तरराष्ट्रिय स्तरको सिनेमा हलको आनन्द लिनसक्ने उनको भनाइ छ । एकैपटकमा ५ सय दर्शकले सिनेमा हेर्न सक्ने गरी निर्माण गरिएको मल्टिप्लेक्स परिसरमा अन्डरग्राउन्ड पार्किङका साथै स्न्याक्स काउन्टरसमेत राखिएको छ । मलको प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरे । उनले सानो सोच, विचार, मन र आँटले मुलुकको समृद्धि नहुने बताए । उनले निजीक्षेत्रको फराकिलो सोच र आँटले मात्रै मुलुक समृद्ध हुने दाबी गरे । ‘लगानीको वातावरण बनाउन सरकार लागिपरेको छ,’ उनले भने, ‘ढुक्क भएर लगानी गर्नुहोेस् ।’ मुख्यमन्त्री राईले सेन्ट्रल मल प्रदेश–१ कै गौरवका रूपमा स्थापित भएको उल्लेख गरे । ‘यस्तै आँटिलो र आक्रामक लगानीले मात्रै प्रदेश समृद्धि हुन्छ,’ राईले भने, ‘लगानी गर्न कोही हिचकिचाउनु पर्दैन ।’ दुगडकै १ अर्ब २० करोड रुपैयाँको लगानीमा ५ तारे होटलसहितको मलको भौतिक संरचनाको निर्माण भइरहेको छ । ६ महीना अघिदेखि विराटनगरमा भाटभटेनी पनि सञ्चालनमा आइसकेको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)