ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विराटनगरमा नमूना आवासको शिलान्यास

Mar 5, 2019  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशनी भट्टराई
सुकुमवासी र विपन्नका लागि २० घर बनाइँदै विराटनगर । विराटनगर महानगरपालिका–५ मा नमूना आवास गृहको शिलान्यास गरिएको छ । २०० बिगाहा क्षेत्रफलमा बन्ने उक्त आवासको सोमवार शिलान्यास गरिएको हो । नमूना आवास निर्माणका लागि ह्याबिटेट फर ह्युमानिटी इन्टरनेशनल नेपाल, उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ लगायतको समेत सहभागिता रहनेछ, जसमा नेपाल सरकारले २ करोड र ह्याबिटेट नेपालले १ करोड ५० लाख सहयोग गर्नेछन् । यस्तै उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले २० घर बनाउने सहमति भएको छ । शिलान्यास कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले भूमिहीन र विपन्न वर्गका समुदायको जीवनस्तर उठाउन तिनै तहका सरकार प्रतिबद्ध रहेको बताए । हाल ‘तराई–मधेश समृद्धि’ कार्यक्रमले समेत गति लिएको दाबी उनले गरे । कार्यक्रममा प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले जनअपेक्षा अनुरूप काम हुँदै गएको बताए । राज्यले जग्गा र धनीपुर्जा बाँड्ने भन्दा पनि निश्चित वर्ग र समुदायका व्यक्तिलाई आवासको व्यवस्था गर्नुपर्नेमा उनले जोड दिए । विराटनगर महानगरका मेयर भीम पराजुलीले आफ्नो कार्यकालमा थालनी भएका शिलान्याससहित जनहितका कार्यक्रम आफ्नै पालामा सम्पन्न गर्ने लक्ष्य रहेको बताए । विराटनगरका १९ र ५ वडाका सुकुमवासी र विपन्न वर्गको हितका लागि गरिएको कार्यमा सघाउन समेत उनले अनुरोध गरे ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)