ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कर्णालीका स्थानीय तहमा उद्यम सहजकर्ता राखिने

Mar 6, 2019  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आकाश तारा बयक
सुर्खेत । कर्णाली प्रदेशका प्रत्येक स्थानीय तहमा उद्यम सहजकर्ता राखिने भएको छ । कर्णाली प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले प्रदेशभित्रका उद्योगको विकास तथा प्रवद्र्धनका लागि प्रत्येक स्थानीय तहमा उद्यम सहजकर्ता राखिने बताएका छन् । भेरीराप्ती प्राविधिक शिक्षालय सुर्खेत र औद्योगिक व्यवसाय विकास प्रतिष्ठान काठमाडौंले आयोजना गरेको १० दिने उद्यम सहजकर्ताका लागि प्रशिक्षक तथा प्रशिक्षण तालीमको मंगलवार सुर्खेतको वीरेन्द्रनगरमा समापन भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै उनले छिट्टै प्रदेश लोक सेवामार्पmत प्रत्येक स्थानीय तहमा एक जना उद्यम सहजकर्ता राखिने जानकारी दिए । उनले चैतपछि प्रदेशको आफ्नै कानूनसँगै प्रदेश लोक सेवा गठनको मार्ग खुल्ने भएकाले उद्योग सम्बन्धी थप ऐन नियम बनाउँदै बेरोजगारलाई सम्बोधन गरिने बताए । ‘कर्णालीमा उद्यम तथा उद्योगको विकासका लागि पर्याप्त सम्भावना र स्रोत रहेकाले प्रदेशमा उत्पादित जनशक्ति प्रदेशमै खपत गर्न सकिन्छ,’ उनले भने । हाल कर्णालीमा मात्र विभिन्न प्रशिक्षण संस्थानबाट प्रतिवर्ष ४ सयभन्दा बढी उद्यम सहजकर्ता उत्पादन भइरहेका छन् । सरकारले उद्यम सहजकर्ताका लागि लोक सेवा नखोल्दा करीब १५ हजारभन्दा बढी युवायुवती बेरोजगार भएर न्यून पारिश्रमिकमा निजी संस्थानमा काम गरिरहेको सम्बद्ध स्रोत बताउँछन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) बाट मान्यता प्राप्त कर्णालीका दुई दर्जन संस्थाले वार्षिक करीब १५ हजार उद्यम सहजकर्ता उत्पादन गर्दै आइरहेको भेरीराप्ती प्राविधिक शिक्षालयका अध्यक्ष सुमननाथ योगीले जानकारी दिए । उनले कर्णाली प्रदेशमा हाल उत्पादित उद्यमसम्बद्ध जनशक्तिलाई व्यवस्थापन गर्न सरकारले विशेष योजना ल्याउनुपर्ने औंल्याए । प्रदेशसभाका सदस्य ठम्मरबहादुर विष्टले दक्ष जनशक्तिले जागीर खाने मानसिकताभन्दा माथि उठेर अरूलाई रोजगारी दिने बारेमा सोच्ने बेला आएको बताए । त्यस्तै नेपाल घरेलु तथा साना उद्योग महासंघ कर्णाली प्रदेशका अध्यक्ष चन्द्रबहादुर बिसीले प्रदेशमा खेर गइरहेको स्रोतसाधनलाई उपयोग गर्न नयाँ प्रविधिसँगै नयाँ नीति निर्माण आवश्यक रहेको औंल्याए । प्रशिक्षक प्रशिक्षण तालीम समापन कार्यक्रममा कर्णालीका करीब ४० जना विद्यार्थीलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)