ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कालीगण्डकी नदीमा जथाभावी दोहन

Mar 6, 2019  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा
म्याग्दी । बेनी बजार संरक्षणको बहानामा म्याग्दी सदरमुकाम बेनी क्षेत्रको कालीगण्डकी नदीको दोहन भइरहेको छ । बजार संरक्षणका लागि पर्खाल लगाउने नाममा नदी किनारका ढुंगा र बालुवा जथाभावी निकाल्ने काम भइरहेको गुनासो स्थानीयले गरेका छन् । कालीगण्डकी नदी कटानबाट बेनी बजारलाई जोगाउने उद्देश्यले पर्खाल लगाउने काम भइरहेको छ । यसका लागि उपभोक्ता समितिले एस्क्याभेटर प्रयोग गर्दा जोखिम बढेको भन्दै बजारवासीले विरोध गरेका छन् । स्थानीयको गुनासोपछि बेनी नगरपालिकाले उपभोक्ता समितिलाई सचेत गराएको छ । बजारवासीको गुनासो अनुगमनका क्रममा पुष्टि भएपछि उपभोक्ता समितिका पदाधीकारीलाई नगरपालिकामा बोलाएर जथाभावी ढुंगा ननिकाल्न र हेभी इक्वीपमेन्ट प्रयोग नगर्न ध्यानाकर्षण गराइएको नगर कार्यपालिकाका सदस्य कृष्णकुमार विश्वकर्माले बताए । रूपाताल संरक्षण समितिले पुरानो पर्खाल संरक्षण र गत भदौको बाढीले बगाएको ठाउँमा ग्याबियन पर्खाल निर्माण चार उपभोक्ता समितिमार्फत गरेको छ । उपभोक्ता समितिले विनाप्रतिस्पर्धा सीमित व्यवसायीको निर्माण उपकरण प्रयोग गरेको, उपभोक्ता परिचालन गरेर गर्नुपर्ने काम घुमाउरो शैलीमा ठेक्कामा लगाएको, ग्याबियन जालीमा अनियमितता गरेको आरोप बजारवासीले लगाएका छन् । उपभोक्ता समितिको चलखेलका कारण गुणस्तरीय काम नहुने, ढिलासुस्ती र संरक्षणको नाममा विनाश हुन सक्ने बजारवासीले औंल्याएका छन् । वडा नं ८ को एक उपभोक्ता समितिका अध्यक्ष उत्तमकुमार कर्माचार्यले पर्खाल लगाउन साना ढुंगा प्रयोग गरिएको र बजारवासीले गरेको आशंका स्वाभाविक नभएको प्रतिक्रिया दिए । म्याग्दीवेनीतर्फ कालीगण्डकी किनारमा ७६० थान ग्याबियनको पर्खाल लगाइने भएको छ । बेनी बजार संरक्षणका लागि चालू आर्थिक वर्षमा ३ करोड ५० लाख विनियोजन भए पनि कुन उपभोक्ता समितिसँग कति बजेटमा सम्झौता भएको हो भन्ने सूचना कार्यालय र समिति दुवैले सार्वजनिक गरेका छैनन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)