ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

डेढ अर्बको लगानीमा सिमेन्ट उद्योग सञ्चालन

Mar 10, 2019  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशनी भट्टराई
विराटनगर । एचआर गोयल ग्रूपको लगानी रहेको सप्तकोशी सिमेन्ट उद्योगको औपचारिक उद्घाटन भएको छ । करीब एक अर्ब ३० करोडभन्दा बढी लगानीमा उसञ्चालनमा आएको उक्त उद्योगको प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेका हुन् । मोरङको कटहरी नगरपालिका–४ स्थित उद्योगले दैनिक ओपीसी र पीपीसी गरी १५ हजार बोरा सिमेन्ट उत्पादन गर्न थालेको उद्योगका कार्यकारी निर्देशक आशिषकुमार गोयलले जानकारी दिए । गोयलका अनुसार अत्याधुनिक तथा स्वचालित उपकरण जडान लगायत निर्माण कार्यमा हालसम्म १ अर्ब ३० करोडभन्दा बढी लगानी भइसकेको छ । विराटनगरको कटहरीमा २०५३ सालदेखि मझौला उद्योगको रूपमा सञ्चालनमा आएको यो सिमेन्टले ठूला उद्योगका रूपमा नयाँ स्वरूपमा सिमेन्टलाई बजारमा ल्याएको हो । उद्योगमा २ सयभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । पूर्वको गौरव भन्ने उद्गारलाई लेबल ट्रेडमार्क दिएको सिमेन्टको उत्पादन प्रदेश–१ र २ का बजारमा विक्री भइरहेको उद्योगका अध्यक्ष सुरेन्द्रकुमार गोयलले जानकारी दिए । कार्यक्रममा उत्कृष्ट कर्मचारी तथा वितरकहरूलाई अवार्ड प्रदान गरिएको थियो ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)