ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लमही–तुलसीपुर सडक चार लेन बन्दै

Mar 11, 2019  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar उदय बीसी
दाङ । दाङको लमहीदेखि तुलसीपुरसम्मको सडकलाई चार लेनको बनाइने भएको छ । करीब ३० किलोमिटर सडक चौडा पारिन लागिएको हो ।  सडक सुधार तथा स्तरोन्नति विकास आयोजनाअन्तर्गत दाङसँगै प्रदेश नम्बर ५ का तीन जिल्लाका अन्य सडकलाई पनि चार लेनमा चौडा पारिन लागिएको हो । लमही–घोराही–तुलसीपुर, भालुबाङ–बाग्दुला–भीमगिठे र चन्द्रौटा–कृष्णनगर सडक चौडा पारिने सडक योजना कार्यालय दाङका प्रमुख गोविन्दप्रसाद खनालले बताए । उनका अनुसार प्युठानको भालुबाङ–बाग्दुला–भीमगिठेसम्म ७३ किमी र कपिलवस्तुको चन्द्रौटा–कृष्णननगर २८ किमी गरी यो चरणमा १ सय ३१ किमी सडकलाई प्राथमिक योजनाका रूपमा काम थालिएको छ । चालू आर्थिक वर्षको माघ मसान्तदेखि शुरू भएको सडक विस्तार योजना शुरू भएको हो । प्युठानबाहेक दाङ र कपिलवस् तुमा सर्वेको काम अन्तिम चरणमा पुगेको खनालले जानकारी दिए । प्यूठानको भर्खरै ठेक्का सम्झौता भएको र ठेकेदार कम्पनीलाई सम्झौतापत्र हस् तान्तरण गर्न बाँकी रहेको छ । लमही–घोराही–तुलसीपुर सडकखण्डका लागि करीब सवा १ अर्ब रुपैयाँ लागि निर्माण कम्पनीहरूको अनुमान छ । उक्त सडक विस्तारका लागि भारतीय निर्माण कम्पनी तथ्य इन्जिनीयरिङ एण्ड इन्फ्रा प्रोजेक्ट प्रालि मुम्बई र नेपालको अस् तभैरव कन्स् ट्रक्सनले जिम्मा लिएका छन् । यी सडकहरूको स्तरोन्नति आगामी ३० महीनाभित्र सक्नुपर्नेछ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)