ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सिम्रुतुखोला जलविद्युत् आयोजना : १० करोड लागतमा २ सय किलोवाट विद्युत्

Mar 11, 2019  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रवीर ददेल
रुकुम । सिम्रुतुखोला साना लघुविद्युत् आयोजना निर्माणले गति लिएको छ । यसअघि बजेट अभावले आयोजनाको निर्माणमा ढिलाइ भएको निर्माण समितिका अध्यक्ष लक्ष्मण ओलीले बताए । एशियाली विकास बैंक, नेपाल सरकारको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र स्थानीय उपभोक्ताको साझेदारीमा आयोजना बन्दै गरेको हो । १० करोड लागतको उक्त आयोजनाको विद्युत् उत्पादन क्षमता २ सय किलोवाट रहेको छ । विद्युत् आयोजनाबाट त्रिवेणी गाउँपालिकाका १, २, ५ र ६ तथा मुसीकोट नगरपालिकाका ११ र १२ नं वडाका १ हजारभन्दा बढी घरपरिवार लाभान्वित हुने भएका छन् । सिम्रुतुखोला र खारखोलाको पानी त्रिवेणी गाउँपालिका–२ त्रिवेणीमा संकलन गरी मुसीकोट नगरपालिका–११ स्याउली बजारमा विद्युत् उत्पादन गृह बनाइएको छ । आयोजनाको लागत (करीब १० करोड)मा ६५ प्रतिशत नेपाल सरकारमार्फत एशियाली बैंकको र उपभोक्ताबाट नगद तथा श्रमदान गरी २४ प्रतिशत (२ करोड १ लाख ३६ हजार) लगानी रहेको अध्यक्ष ओलीले बताए । साथै साना जलविद्युत् सहकारी लिमिटेडको सिभिल बैंकबाट लिएको ऋण ११ प्रतिशत लगानी रहनेछ । आयोजनामा एशियाली विकास बैंकको आर्थिक सहयोगमा दक्षिण एशियाली उपक्षेत्रीय आर्थिक सहयोग (सासेक) आयोजनाले अनुदान सहयोग गरेको अध्यक्ष ओलीले जानकारी दिए । आयोजना निर्माणको जिम्मा गौरा कन्स्ट्रक्शन प्रालि र हाइड्रो इनर्जी प्रालिले सयुंक्त रूपमा लिएको छ । रुकुम उज्यालो कार्यक्रम अन्तर्गत यो जिल्लाकै ठूलो विद्युत् आयोजना हो । कार्यक्रमअन्तर्गत यसअघि निर्माण सम्पन्न साना तथा लघु जलविद्युत् आयोजना ९० किलोवाटभन्दा कम क्षमताका छन् । निर्माण समितिका अध्यक्ष ओलीले आयोजनाले २०७६ साल शुरू भएसँगै उपभोक्ताको घरमा बिजुलीबत्ती बाल्नेगरी काम तीव्र पारिएको बताए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)