ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुदूरपश्चिम प्रदेशमा ३०८ बैंक शाखा तथा वित्तीय संस्था

Mar 13, 2019  
बजार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar वीरेन्द्र भट्ट
धनगढी । कर्पोरेट कार्यालय काठमाडौंलगायत विभिन्न पूर्वी जिल्लामा स्थापित बैंक तथा वित्तीय संस्थाका शाखाहरू गरी सुदूरपश्चिम प्रदेशभित्र ३०८ शाखा सञ्चालनमा छन् । प्रत्येक स्थानीय तहमा बैंक शाखा अनिवार्य स्थापना गर्नुपर्ने राष्ट्र बैंकको निर्देशनअनुसार चालू आवको फागुन तेस्रो सातासम्ममा ८२ स्थानीय तहमा बैंक शाखा स्थापना भइरहेको राष्ट्र बैंक, धनगढीले जानकारी दिएको छ । प्रदेभित्रका कुल ८८ स्थानीय तहमध्ये ६ स्थानीय तहमा मात्रै शाखा स्थापना हुन बाँकी रहेको राष्ट्र बैंक, धनगढीका निर्देशक किरण पण्डितले बताए । सुदूरपश्चिम प्रदेशका ९ जिल्लाभित्र सञ्चालित राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त वाणिज्य बैंकहरूले चालू आवको पुस मसान्तसम्ममा ७९ अर्ब रुपैयाँ ऋण लगानी भएको तथ्यांक सार्वजनिक भएको छ । प्रदेशभित्र निक्षेपभन्दा कर्जा लगानी बढी भएको निर्देशक पण्डितले बताए । उनका अनुसार सो अवधिसम्ममा ६० अर्ब रुपैयाँ निक्षेप संकलन गरिएको छ । प्रदेशभित्र बैंकहरूको ऋण लगानी र निक्षेप संकलन पछिल्लो ३ वर्षयता बढ्दै गएको राष्ट्र बैंकको भनाइ छ । वाणिज्य बैंकहरूको २०७५ असार मसान्तसम्ममा ५२ अर्ब निक्षेप तथा ६४ अर्ब कर्जा लगानी भएको थियो भने आव २०७३/७४ मा ४० अर्ब निक्षेप तथा ५२ अर्ब ऋण लगानी भएको थियो । निक्षेप संकलनकै हाराहारीमा कर्जा लगानी पनि बढ्दै गएकाले बैंकप्रति सर्वसाधारणको पहुँच बढ्दै गएको राष्ट्र बैंकको भनाइ छ । प्रदेशभित्र सञ्चालित बैंक तथा वित्तीय संस्थाको ३२ दशमलव ४ प्रतिशत औद्योगिक र ४ दशमलव ७ प्रतिशत कृषि क्षेत्रमा लगानी भएको पाइएको हो । कुल ८८ ओटा स्थानीय तहमध्ये ६ ओटा स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुग्न नसकेको राष्ट्र बैंकले जानकारी दिएको छ । राष्ट्र बैंक धनगढीका अनुसार बाजुराका ३, बझाङका २ र डोटीमा १ स्थानीय तहमा बैंक शाखा पुग्न बाँकी छ । चालू आवभित्रै बाँकी ६ ओटा स्थानीय तहमा पनि बैंक शाखा स्थापना भइसक्ने गरी आवश्यक तयारी भइरहेको बताइएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)