ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विद्यालय अनुगमनमा शिक्षामन्त्री : मध्याह्नमै बन्द हुन्छ विद्यालय

Mar 14, 2019  
शिक्षा
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशनी भट्टराई
विराटनगर । सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तरको प्रश्न सधैं उठ्ने गर्छ । शिक्षक–विद्यार्थीको अनियमितता, शैक्षिक सामग्रीको कमी र अनुगमनको अभाव लगायत कारण यस्तो विद्यालयको शैक्षिक स्तरमा ह्रास आएको सरोकारवालाहरू बताउँछन् । नियमित अनुगमन हुन सके मात्र पनि सामुदायिक विद्यालयको शैक्षिक स्तर उकास्न सकिने धारणा उनीहरू राख्छन् । सामुदायिक विद्यालयको प्रभावकारी अनुगमन हुन नसकेको गुनासा आइरहेकै बेला गत बिहीवार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पौडेल आफै अनुगमनमा निस्किए । मन्त्री पोखरेलसहितको टोलीले मोरङका विभिनन विद्यालयको अनुगमन गर्‍यो । उक्त अनुगमनमा के पाइयो त ? प्रश्न उठ्नु स्वाभाविक हो । अनुगमन टोली विराटनगर महानगरपालिका–१९ स्थित जागृति आधारभूत विद्यालय पुग्दा दिउँसोको २ बजेर ५० भएको थियो । मन्त्री पोखरेल विद्यालयमा पस्दै गर्दा कार्यालय सहयोगी अमृता चौधरी र व्यवस्थापन समितिका अध्यक्ष उपेन्द्र बस्नेत पनि देखिए । तर त्यो बेलासम्म विद्यालय बन्द भइसकेको थियो । मन्त्री पोरखेलले उनीसँग शुरूमै विद्यालयको अवस्थाबारे जानकारी लिए । अध्यक्ष बस्नेतले विद्यालयको अवस्था निकै समस्याग्रस्त रहेको बताए । अध्यक्ष बस्नेतले प्रधानाध्यापक प्रायः विद्यालय नआउने, आए पनि हाजीर मात्र गरेर हिँड्ने गरेको सुनाए । उक्त विद्यालयमा स्थायी दरबन्दी एकजनाको मात्र भए पनि दुईजना सहयोगी शिक्षकले पढाउँदै आएको उनको भनाइ छ । स्थायी शिक्षकको दरबन्दीमा गणेश अधिकारी छन् । ‘उनी नियमित विद्यालय आउँदैनन्,’ स्थानीय अभिभावकको गुनासो थियो, ‘कहिलेकाहीँ १० बजेतिर आउँछन्, धेरै दिनको हाजीर गरेर फर्किन्छन् ।’ छलफलकै क्रममा आइपुुगेका विद्यालयका अभिभावक तथा स्थानीय भवानी तिम्सिनाले विद्यालयमा शिक्षकको मनोमानी बढेको बताए । विद्यालयका लागि केदार अर्यालले दिएको ४ कट्ठा १ धुर दिएको जग्गा समेत विद्यालयका प्रधानाध्यापक गणेश अधिकारीको लापरबाहीका कारण संरक्षण हुन नसकेको उनको आरोप छ । उक्त जग्गामा ३ कठ्ठा २ धुरमा मात्र पर्खाल लगाइएको स्थानीयले बताएका छन् । मन्त्री पोखरेलले महानगरसँग कुराकानी गरेर विद्यालयको संरक्षणका लागि पहल गर्ने आश्वासन दिए । अनुगमनका क्रममा पोखरिया माध्यमिक विद्यालयका प्रधानाध्यापक खेमराज भट्टराईले विद्यालयको अवस्थाबारे जानकारी गराएका थिए । यस्तै नरग्राम विद्यालयले दुई सिफ्टमा कक्षा सञ्चालन गरेको भन्दै प्रधानाध्यापक भीमबहादुर बस्नेतले विद्यालय शतप्रतिशत नतीजा ल्याउन सफल भएको सुनाए । अनुगमनका क्रममा मन्त्री पोखरेलले शिक्षालाई प्रविधिसँग जोडेर अगाडि बढाउन आग्रह गरेका थिए । विद्यालयमा २० लाखको फर्निचर यसैबीच, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको पहलमा अनेरास्ववियुका केन्द्रीय सचिव वसिम आलमले मोरङका विभिन्न विद्यालयमा रू. २० लाखबराबरको कम्प्युटरसहित फर्निचर सहयोग गरेका छन् । सचिव आलमले रंगेलीस्थित आदर्श माध्यमिक विद्यालय, अभिजित दत्त प्राथमिक विद्यालय, विराटनगर–१२ स्थित बखरी आधारभूत विद्यालय, अलजामे अतुल गौसिया उनिसुल उलुम आधारभूत विद्यालय र हानफिया कादरिया आधारभूत प्राविलाई फर्निचर र कम्प्युटर वितरण गरेका हुन् । विद्यालयको शैक्षिक पूर्वाधार कमजोर देखिएकाले आफूले मन्त्री पण्डितको पहलमा उक्त सहयोग उपलब्ध गराएको उनले बताए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)