ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रदेश–१ का किसानलाई १४ करोड अनुदान

Mar 15, 2019  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar रोशनी भट्टराई
विराटनगर । प्रदेश नम्बर १ मा पशुपालन व्यवसायलाई प्रवर्द्धन गर्दै दूध र मासुमा आत्मनिर्भरता बढाउन प्रदेश सरकारले किसानलाई १४ करोड रुपैयाँ अनुदान उपलब्ध गराउने भएको छ । यो अनुदान स्थानीय तह र व्यावसायिक फार्ममार्फत उपलब्ध गराउन लागिएको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय विराटनगरका प्रमुख डा. लेखराज दाहालले बताए । गाईपालन व्यवसाय प्रवर्द्धन गर्न प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले मिल्किङ मेशिन खरीदमा रू. ५० लाख अनुदानको योजना ल्याएको छ । यो अनुदान प्रदेशभित्रका २० ओटा गाईपालक सहकारी वा निजी फार्मलाई दिइनेछ । अनुदान प्राप्त गर्ने कुनै पनि संस्थाले अनुदानको २५ प्रतिशत रकम थप गरी मेशिन खरीद गर्नुपर्नेछ । त्यस्तै, १ हजार लिटरको चिलिङ भ्याट जेनेटर खरीदमा पनि उक्त मन्त्रालयले अनुदान उपलब्ध गराउने भएको छ । त्यसका लागि २० ओटा कृषक समूह वा सहकारीका लागि रू. १ करोड ६० लाख रुपैयाँ विनियोजन गरिएको छ । २ हजार लिटरको चिलिङ भ्याट जेनेटर खरीदमा पनि रू. १ करोड अनुदान उपलब्ध गराउन लागिएको छ । अनुदानका लागि मन्त्रालयले प्रस्ताव मागिसकेको र लक्षित समूहबाट आएका प्रस्तावमाथि स्थलगत अनुगमन समेत भइसकेको निर्देशनालयले जानकारी दिएको छ । मन्त्रालयले प्रदेशभित्र विभिन्न पाँच स्थानमा खसीबोका संकलन केन्द्र निर्माण गर्ने भएको छ । यसका लागि २ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । प्रदेशभित्र १० स्थानमा वधशाला निर्माण गर्न मन्त्रालयले ५ करोड विनियोजन गरेको छ । पशु बजार निर्माण र सुधारका लागि पनि मन्त्रालयले २ करोड रकम छुट्याएको छ । चैतको दोस्रो सातासम्ममा अनुदानको रकम कृषकको हातमा पु¥याउने गरी काम भइरहेको दाहालले बताए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)