ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विराटनगरबाट प्रदेशभित्रका १४ स्थानमा उडानको तयारी

Mar 17, 2019  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशनी भट्टराई
विराटनगर । विराटनगरबाट प्रदेश–१ मा रहेका १४ ओटा विमानस्थलमा हवाई उडान सञ्चालन गर्न पहल शुरू भएको छ । प्रदेश–१ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदीशप्रसाद कुसियतले नेपाल एशोसिएशन अफ टुर्स एन्ड ट्राभल्स एजेन्ट (नाटा) को आठौं प्रदेशस्तरीय वार्षिक साधारणसभालाई सम्बोधन गर्दै यस्तो जानकारी दिएका हुन् । मन्त्री कुसियतले प्रदेशका पहाडी जिल्लामा हवाई उडानका लागि संघीय सरकारका साथै निजी वायुसेवा कम्पनीहरूलाई अनुरोध गरिएकाले चाँडै सञ्चालन भई स्वदेशी तथा विदेशी पर्यटकको आगमन वृद्धि हुने विश्वास व्यक्त गरे । उनले प्रदेशस्तरीय पर्यटन विधेयक ऐन–२०७५ प्रदेश सभामा दर्ता हुने र पर्यटन व्यवसायीका समस्या समाधान हुने बताए । उनले पर्यटकीय नगरको रूपमा इलाम, धनकुटा र खुम्बुलाई कायम गरी रू. ५०/५० लाख बजेट विनियोजन गरिएको जानकारी दिए । उनका अनुसार पर्यटकको बसाइ ६ देखि ७ दिनसम्म लम्ब्याउन र यस क्षेत्रका जनताको आर्थिक स्तर वृद्धिका लागि विराटनगर–बर्जुताल–इनरुवा–रामधुनी–चतराधाम–वराहक्षेत्र–धरान र इटहरीको तालतलैया सम्मका लागि सडक सर्किट निर्माण गर्न ४० लाख बजेट विनियोजन गरिएको छ । प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण सचिव बद्रिराज ढुंगानाले पर्यटकीय क्षेत्रको स्तरोन्नति, पूर्वाधार निर्माण, पदयात्रा मार्ग र सूचना केन्द्रका लागि प्रदेश सरकारले १५ करोड बजेट निकाशा गरेको जानकारी दिए । नाटाका प्रदेश अध्यक्ष भूपालराज श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रममा नाटाका प्रदेश महासचिव नवीन खरेल, प्रथम उपाध्यक्ष अच्यूत गरागाईं, प्रदेश सचिव पुण्य भट्टराई, पर्यटन व्यवसायी रेवतबहादुर थापा, भविषकुमार श्रेष्ठलगायतले विराटनगर, धरान, काँकरभिट्टाबाट पोखरा पर्यटकीय बस सञ्चालन तथा पूर्वकोे पर्यटकीय क्षेत्रको प्रवर्द्धनमा सहयोग पुर्‍याउने बताएका थिए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)