ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बढ्यो हितग्राही खाता र अभौतिकीकृत शेयर : शेयर कारोबार व्यवस्थित बनाउँदै लगानीकर्ता

Mar 17, 2019  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी
काठमाडौं । धितोपत्र बजारमा हितग्राही खाता अनिवार्य भएसँगै धितोपत्र कारोबार सहज बनेको छ । प्रविधिको उपयोग गरी धितोपत्र बजार थप व्यवस्थित तथा आधुनिकीकरण गर्न नेपाल धितोपत्र बोर्डले २०७२ माघदेखि हितग्राही खाता अनिवार्य हुने व्यवस्था लागू गरेको थियो । बोर्डले धितोपत्रको दोस्रो बजारको कारोबार, नामसारी तथा राफसाफ पूर्ण अभौतिकीकरणमा मात्र हुने व्यवस्था लागू गर्न सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी)लाई निर्देशन दिएको थियो । उक्त व्यवस्थापछि प्राथमिक बजारको सार्वजनिक निष्कासनमा शेयर खरीदका लागि आवेदन दिँदा काठमाडौं उपत्यकाभित्र २०७३ साउनदेखि र उपत्यकाबाहिर (नेपालभर) २०७३ माघदेखि हितग्राही खाता अनिवार्य प्रयोग हुँदै आएको छ । यससँगै अभौतिकीकरण गराइएका धितोपत्रपको राफसाफ तथा फछ्र्योट कार्य पूर्णरूपमा विद्युतीय माध्यमबाट गर्दै आएको सीडीएससीका प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ताले बताए । हितग्राही खाता अनिवार्य गरिएसँगै यो खाता खोल्ने र शेयर अभौतिकीकरण गर्ने दुवै कार्य प्रविधिमा आधारित भएकाले चुनौतीपूर्ण रहे पनि अहिले लगानीकर्ताले यसको प्रयोगमा सहज महसूस गरेको उनको भनाइ छ । हाल १४ लाख ६३ हजार ७८ जना लगानीकर्ताले हितग्राही खाता खोलेका छन् भने उक्त हितग्राही खातामार्फत ४ अर्ब ११ करोड २३ लाख ८० हजार ५१२ कित्ता शेयर अभौतिकीकरण भएको सीडीएससीले जानकारी दिएको छ । हितग्राही अनिवार्य गरेपछि ३ आर्थिक वर्षमा १२ लाख ५५ हजार ५३५ जनाले हितग्राही खाता खोलेका थिए । पहिलो आर्थिक वर्ष २०७२/७३ मा ३ लाख ५३ हजार १३६ जनाले हितग्राही खाता खोलेका थिए । त्यस्तै आर्थिक वर्ष २०७३/७४ मा ४ लाख ८० हजार ८७६ र आर्थिक वर्ष २०७४/७५ मा ४ लाख २१ हजार ५२३ जना हितग्राही खाता थपिएको थियो । गत असार मसान्तपछि हितग्राही खाता संख्या २ लाख ७ हजार ५४३ बढेको छ भने ९३ करोड ६५ लाख ६८ हजार ७४० कित्ता थप शेयर अभौतिकीकरण भएको छ । पूँजीबजारमा १५ लाख लगानीकर्ता रहेको आकलन गरिएको छ । सबै लगानीकर्ताले अहिलेको अवस्थामा धितोपत्र कारोबार गर्न हितग्राही खाता अनिवार्य भएको छ । शेयर रजिस्ट्रार कम्पनीहरूले अझै पनि धेरै शेयर अभौतिकीकरण हुन बाँकी रहेको जानकारी दिँदै आएका छन् । कम्पनीको तर्फबाट सम्पर्क भएसम्म शेयर अभौतिकीकरणका लागि अनुरोध गरिएको उनीहरूले बताएका छन् । कतिपय लगानीकर्ताले दीर्घकालीन लगानीको सोचमा रहेको भन्दै विक्री गर्ने बेला आएपछि हितग्राही खाता खोल्ने तथा आपूmसँग भएको शेयर अभौतिकीकरण गराउने प्रतिक्रिया दिएको शेयर रजिस्ट्रार कम्पनीहरू बताउँछन् । के हो हितग्राही खाता ? लगानीकर्ताले आफूले खरीद गरेको धितोपत्र जम्मा गर्न केन्द्रीय निक्षेप कम्पनीसँग सदस्यता लिएका धितोपत्र व्यवसायी वा कम्पनीसँग बेग्लै खाता नम्बरबाट खोलेको विद्युतीय खाता नै हितग्राही खाता हो । यो खाताको नम्बर १६ अंकको हुन्छ । शेयर अभौतिकीकरण भनेको के हो ? शेयर अभौतिकीकरण भनेको कागजी रूपमा रहेको शेयर विद्युतीय प्रणालीमा अर्थात् हितग्राही खातामा अभिलेख राख्नेगरी जम्मा गर्नु हो ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)