ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

१६ करोड लागतमा खुल्यो तरकारी तथा फलफूल बजार

Mar 18, 2019  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar रोशनी भट्टराई
विराटनगर । विराटनगर महा–नगरपालिकासँगै जोडिएको मोरङको कटहरी गाउँपालिकामा तरकारी तथा फलफूल थोक बजार खुलेको छ । करीब रू. १६ करोड लागतमा बनाइएको उक्त बजारको आइतवार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभयो । तरकारी बजारको भवन यसअघि नै सम्पन्न भए पनि प्राविधिक कारण सञ्चालन हुन सकेको थिएन । विश्व बैंक र नेपाल सरकारको संयुुक्त सहयोगमा व्यावसायिक कृषि तथा व्यापार आयोजनाले उक्त केन्द्र बनाएको हो । जनप्रिय माध्यमिक विद्यालय, कटहरीको ५ बिगाहा २ धुर जग्गामा बनेको केन्द्रको निर्माण लागत १५ करोड ४९ लाख छ । बजारभित्र निर्माण भएको तीनतले प्रशासनिक भवनमा प्रशासन, म्यानेजर आवास, सुरक्षा गार्ड आवास, ६ शय्याको कृषक अतिथि गृह, सार्वजनिक शौचालय, स्वास्थ्य क्लिनिक, चमेना गृह, बैंक काउन्टर लगायत रहनेछन् । यस्तै तरकारी बोकेर आएको ट्रक तौल गर्ने मेशिन, फोहोर संकलन साइट, तरकारी लोड–अनलोड गर्ने क्षेत्र, डीप ट्युबबेल, जेनेरेटर, सोलार ब्याट्री, सीसीटीभी, सुरक्षा गार्ड पोस्ट र गाडी पार्किङको व्यवस्था हुने कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव युवकध्वज जिसीले बताए । विश्व बैंकको आर्थिक सहयोगमा व्यावसायिक कृषि तथा व्यापार आयोजनाले क्षेत्रीय थोक कृषि बजारको रूपमा उक्त केन्द्रको निर्माण गरेको हो । यसको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले तरकारी बजारको सदुपयोग गरेर अगाडि बढ्न प्रदेशवासीलाई आग्रह गरे । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले वजारको व्यवस्थापना कुनै कमजोरी नहुने बताए । तरकारी तथा फलफूल थोक बजारबाट वार्षिक ४४ हजार ९ सय ६६ दशमलव ३ मेट्रिक टन तरकारी र ८ हजार ७ सय ३ दशमलव ३ मेट्रिक टन फलफूल विक्री हुने अनुमान छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)