ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ठेकेदार भागेपछि झोलुंगे पुल अलपत्र

Mar 18, 2019  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आकाश तारा बयक
सुर्खेत । पूर्वी सुर्खेतको भेरी नदीमाथिका दुईओटा झोलुंगे पुल निर्माण अलपत्र परेको छ । निर्माण जिम्मा लिएको ठेकेदार सम्पर्कविहीन भएपछि ती झोलुंगे पुल निर्माणको काम अलपत्र परेको हो । साविकको जिल्ला विकास समितिमार्फत शुरू भएका ती झोलुंगे पुल निर्माणको काम दुई वर्षदेखि अलपत्र परेको छ । निर्माण कम्पनीले भेरीगंगा नगरपालिका र लेखबेसी नगरपालिका जोड्ने भेरी नदी माथिको साधी खोला पुल अधुरो बनाएर छोडेको छ । पुल निर्माणको अन्तिम म्याद थप गर्दा समेत ठेकेदार सम्पर्कविहीन भएको स्थानीय बासिन्दा बताउँछन् । ठेकेदार गत वैशाखदेखि नै सम्पर्कमा नरहेको भेरीगंगा नपा–११, साँधीखोलाका झरसिंह बुढाले बताए । पुल निर्माणका लागि स्थानीय सबै प्रकारको सहयोग गर्न तयार भए पनि ठेकेदार सम्पर्कमा नआएको उनको भनाइ छ । काठमाडौंको बहादुर निर्माण थिङ्ग निर्माण सेवा प्रालिले ६१ लाख दुई सय रुपैयाँको लागतमा साविकको जिल्ला प्राविधिक कार्यालयसँग पुल निर्माणको ठेक्का सम्झौता गरेको थियो । सस्पेन्सन वृज डिभिजन अन्तर्गतका ती पुलहरू १२ महीनाभित्र निर्माण भइसक्नु पर्ने सम्झौतामा उल्लेख छ । पुलको हालसम्म दुवै तर्फको पिल्लरमात्र उठेको छ । त्यस्तै गुर्भाकोट नगरपालिकाको आपसोतीमा भेरी नदी माथि झोलुंगेपुल निर्माणका लागि बहादुर निर्माण थिङ्ग निर्माण सेवा कम्पनीले नै सोही अवधिमा सम्झौता गरेको थियो । उक्त पुल एक करोड ५ लाख ४२ हजार ९ सय रुपैयाँमा कम्पनीले प्राविधिक कार्यालयसँग सम्झौता गरे पनि हालसम्म फाउण्डर मात्र बनाएर अलपत्र छोडेको छ । जिल्ला समन्वय समितिका प्राविधिक विष्णुबहादुर शाहीले निर्माण व्यवसायीले हालसम्म पुल निर्माण सम्पन्न गर्न नसक्नुका कारणबारे कार्यालयलाई आधार पेश गर्न पत्र पठाएको भए पनि अटेरी गरिरहेको बताए । उनका अनुसार विभिन्न कारण देखाउँदै काम छोडेर ठेकेदार भागेपछि पुल निर्माण कार्य अलपत्र परेको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)