ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पर्यटन मन्त्रालयको एक वर्षे कार्यप्रगति तयार

Mar 19, 2019  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल
कार्यक्रम सार्वजनिक गर्न नपाउँदै अस्ताए मन्त्री अधिकारी काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले १ वर्षको कार्य प्रगति विवरण तयार पारेको छ । मन्त्रालयले गत वर्ष फागुन ३ गते पर्यटन मन्त्रीको कार्यभार सम्हालेका स्वर्गीय रवीन्द्र अधिकारीको मन्त्रालयमा पदवहालीपछि भएका कार्य प्रगति विवरण सार्वजनिक गर्न लागेको हो । पर्यटनमन्त्री रवीन्द्र अधिकारीको गत फागुन १५ गते हेलिकोप्टर दुर्घटनामा परी निधन नभएको भए अधिकारीले पर्यटन मन्त्रालय सम्हालेको १ वर्षको कार्य प्रगति विवरण सार्वजनिक गरिरहेका हुन्थे होला । तर, आफूले वर्षभरि गरेको कामको प्रगति विवरण सार्वजनिक गर्न नपाई मन्त्री अधिकारीले दुर्घटनामा ज्यान गुमाए । मन्त्रालयले गत वर्ष फागुन ३ गतेदेखि यही फागुन २ गतेसम्मको कार्य प्रगति विवरण सार्वजनिक गर्ने जानकारी दिएको छ । विवरणमा २१२ ओटा सम्पदाको पुनर्निर्माण, गौतमबुद्ध अन्तरराष्ट्रिय विमान स्थलको ६३ प्रतिशत र पोखरा क्षेत्रीय विमानस्थलको २२ प्रतिशत निर्माण कार्य सम्पन्न भएको उल्लेख छ । यस्तै, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल दैनिक २२ घण्टा सञ्चालन, विमानस्थलको पार्किङ एरिया विस्तार, विमान स्थलको अन्तरराष्ट्रिय उडान क्षेत्रतर्फ ६ ओटा साना विमान एयरबस–३२० र ६ ओटा ठूला विमान ३३० गरी थप १२ ओटा विमान पार्किङ गर्न मिल्ने पार्किङ बनिरहेको र आगामी असारसम्ममा सम्पन्न हुने विवरणमा उल्लेख छ । यस्तै, लामो समयदेखि योजनामा मात्र सीमित रहेको विमानस्थलको धावन मार्ग पुनर्निर्माण तथा स्तरोन्नति २०७५ साल असारभित्र सम्पन्न गर्नेगरी कार्य अघि बढेको छ । साथै, विमानस्थल विस्तार तथा स्तरोन्नति गर्ने परियोजनाका कार्य यस अवधिमा ३० प्रतिशत सम्पन्न भई हालसम्मको प्रगति ४० प्रतिशत पुगेको छ भने ६ ओटा विमानस्थलमा रात्रिकालीन उडान शुरू गरिएको छ । झापाको चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, भैरहवा, नेपालगन्ज र धनगढी विमानस्थलमा उपकरण जडान गरी रात्रिकालीन उडानसमेत शुरू गरिएको छ । प्राधिकरणले काठमाडौंबाहेकका विमानस्थल (भैरहवा, नेपालगन्ज, सुर्खेत, पोखरा र विराटनगर) बाट रात्रिकालीन उडान गरी अन्तरप्रदेश, क्षेत्रीय तथा पहाडी क्षेत्रमा उडान सेवा सञ्चालन भएको जानकारी दिएको छ । विवरणमा मुलुकभर सयओटा नयाँ पर्यटकीय गन्तव्य पहिचान गरिएको छ । कार्य सम्पादन पुस्तिकामा सन् २०१८ मा इतिहासमै सबैभन्दा धेरै करीब १२ लाख पर्यटक आगमनलाई पनि समेटिएको छ । जापान, कम्बोडिया, थाइल्यान्ड लगायत मुलुकसँग हवाई सम्झौता पुनरवलोकन गरी हालसम्म ३९ देशसँग हवाई सम्झौतालाई पनि मन्त्रालयले एक वर्षे प्रगति विवरणमा समेटेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)