ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मौसमले मौरीपालकलाई नोक्सानी

Mar 20, 2019  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशन तिवारी
पर्वत । पर्वतको मोदी–२ का मौरापालक टीकाराम तिमिल्सिना यसपालि मौरीपालन व्यवसायबाट सन्तुष्ट छैनन् । केही महीनाअघिको मौसममा फेरबदलका कारण यो व्यवसायबाट आधाभन्दा बढी घाटा परेको उनी सुनाउँछन् । उनी मात्र होइनन्, जिल्लाका अन्य मौरापालक किसान खराब मौसमको चपेटामा परेका छन् । माघको अन्तिम सातादेखि फागुन दोस्रो सातासम्म मौसममा आएको फेरबदलले जिल्लाका मौरीपालक कृषकलाई मार परेको हो । चारपटक परेको हिउँ, हुरीबतास र अत्यधिक चिसोका कारण मौरीपालनमा ठूलो नोक्सानी भएको छ । यो सिजनमा मह उत्पादन आधा घटेको र प्रतिकूल मौसमका कारण घारभित्रका मौरी समेत मरेको किसानको भनाइ छ । ‘पोहोर यही सिजनमा २ क्विण्टल मह प्रशोधन गरेको थिएँ,’ तिमिल्सिनाले भने, ‘यो वर्ष व्यवसायमा आधा घाटा भयो ।’ तिमिल्सिनाले २०५७ देखि व्यावसायिक मौरीपालन गर्दै आएका छन् । धेरै लामो समयसम्म पानी परेको र मौसम चिसो हुँदा मौरी घारभित्र पस्दा सञ्चित मह खाएर पनि किसानलाई घाटा भयो । त्यस्तै मौरीलाई चरन गर्न जान नपाउँदा किसानले कृत्रिम खाद्य पदार्थ खुवाउनुपर्दा दोहोरो घाटा भयो । मौरी चरनमा निस्कन नपाउँदा चिनी पगालेर खुवाउनुपर्दा दोहोरो घाटा भएको हो । बिहादी–१ बाच्छाका उत्तम परियारले पनि मौसमका कारण घाटा व्यहोरेको बताए । उनले ३७ ओटा घारमा मौरी पालन गर्दै आएका छन् । मौसमका खराबीका कारण उनका ५ ओटा घारका मौरी सबै मरे । मौरी घारमै मर्दा परियारले ४५ हजार रुपैयाँ घाटा लागेको सुनाए । मौसमले मात्रै हैन चरा र जंगली जीवजन्तुले मह खाइदिँदा दोहोरो घाटा छ । यस्तो नोक्सानीको मारमा परेका किसानले स्थानीय तहलगायत सम्बन्धित निकायले आफ्नो गुनासो सुनिदिनुपर्ने माग गरेका छन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)