ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विराटनगर महानगरपालिका : सडक निर्माणमा ढिलाइले बजार क्षेत्र अस्तव्यस्त

Mar 20, 2019  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशनी भट्टराई
विराटनगर । सडक र नाला निर्माणमा भएको ढिलाइले विराटनगरको मुख्य बजार क्षेत्र अस्तव्यस्त बनेको छ । बजार क्षेत्रमा सडक र ढल निर्माण नसकिँदा आवतजावत र व्यापार व्यवसायमा असर परेको स्थानीय व्यापारीले बताएका छन् । विराटनगर महानगरपालिकाले पाँचौं साफ महिला च्याम्पियनशिपअघि नै सक्ने भन्दै २ महीनाअघि मुख्य बजारको सडकमा ढल निर्माण थालेको थियो । अहिले साफ च्याम्पियनशिपको समूह चरणको खेलसमेत सकिएको छ । तर महानगरले उक्त काम पूरा गर्न सकेको छैन । वैकल्पिक सडक नहुँदा विराटनगरको मुख्य सडक अस्तव्यस्त बनेको छ । महानगरको उत्तर–दक्षिण सडकको तीनपैनी चोकदेखि ट्राफिकचोक सम्मको खण्ड मुख्य बजार मानिन्छ । अधिकांश पसल तीनपैनी ट्राफिक चोक खण्डमा छन् । बजार जोड्ने सडकको काम नसकी महानगरले मुख्य सडक खनेपछि सर्वसाधारणलाई अस्पताल पुग्नसमेत कठिनाइ भएको जागरण अभियानका संयोजक कृष्णप्रसाद भण्डारी मार्सेलीले गुनासो गरे । ‘मुख्य बजारमा सटर भाडा ५० हजारदेखि माथि तिर्नुपर्छ । सडक नबन्दा सेवाग्राही आउन सकेका छैनन् । व्यापार चौपट भएको छ,’ स्थानीय एक व्यापारीले भने । अहिले विराटनगर रानी–धरान ६ लेन सडक स्तरोन्नतिको काम जारी छ । महानगरका सबै मुख्य सडक भत्काइएकाले ट्राफिक जाम पनि बढेको छ । ‘असारअघि ढलको पाइप बिच्छ्याउँछौं’ परियोजनाको काम समयमै सक्न बजार क्षेत्रमा एकैपटक ढल बिच्छयाउने काम शुरू गरिएको महानगर प्रमुख भीम पराजुलीले बताए । धराप बन्दै ढल विराटनगरमा पानी निकासका लागि बनाइएका नाला डम्पिङ साइटका रूपमा परिणत भएका छन् । त्यतिमात्र नभई अपुरो निर्माण गरी छाडिएका नाला पैदलयात्रीका लागि धराप बनेका छन् । हाल जोगबनी–किमाथांका ६ लेन सडक निर्माण भइरहेको छ । उक्त सडकको बरगाछीदेखि टंकीसिनबारीस्थित विराटनगर गेटसम्मको सडकखण्ड सम्पन्न भएर सञ्चालनमा आएको लामो समय भइसक्यो । तर निर्माण कम्पनीले सडक छेउको नालामाथि स्ल्याप नराख्दा आम सर्वसाधारण जोखिमपूर्ण रूपमा हिँड्न बाध्य छन् । निर्माणको ठेक्का पाएको भूमि कन्स्ट्रक्शनले नालामाथि स्ल्याब नराख्दा जोखिम बढेको हो । गर्मीयाम शुरू भएसँगै दुर्गन्धित नालाका कारण रोग फैलिने सम्भावना पनि उत्तिकै छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)