ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दाङको ६ क्षेत्रमा ‘स्मार्ट कृषि गाउँ’ बनाइदै

Mar 20, 2019  
समाचार प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar उदय बीसी

चैत ६, दाङ । दाङका ६ ओटा क्षेत्रलाई ‘स्मार्ट कृषि गाउँ’ को रुपमा विकास गरिने भएको छ । प्रदेश नम्बर ५ सरकारले घोराही, लमही र केही पहाडी क्षेत्रलाई समेटेर स्मार्ट कृषि गाउँको रुपमा विकास गर्न लागेको हो । प्रदेशका प्रत्येक निर्वाचन क्षेत्रमा एउटा स्मार्ट कृषि गाउँ बनाउने उद्देश्यका साथ प्रदेश सरकारले यो योजना शुरु गरेको कृषि ज्ञान केन्द्र घोराहीले बताएको छ ।

जसअनुसार दाङमा निर्वाचन क्षेत्र नं. १ (क) अन्तर्गत गढवा गाउँपालिका–२ घुस्रा र सोही निर्वाचन क्षेत्रकै (ख) को लमही नगरपालिका वडा नं. ९ हर्दवालाई स्मार्ट कृषि गाउँका रुपमा विकास गरिने छ ।त्यसैगरी निर्वाचन क्षेत्र नं. २ (क) को बंगलाचुली गाउँपालिका–६ रिभान टोल र २ (ख) अन्तर्गत घोराही उपमहानगरपालिका वडा नं. ८ र १० स्यानीगाउँ–घोवघाट पोखरी क्षेत्रलाई स्मार्ट कृषि गाउँका रुपमा विकास गरिने छ ।

त्यस्तै निर्वाचन क्षेत्र नं. ३ (क) को तुलसीपुर उपमहानगरपालिका १४ लुहाडवरा–मटेरा गाउँ र २ को (ख) अन्तर्गत शान्तिनगर गाउपालिका–७ बुढाडावर–दुवीचौरलाई स्मार्ट कृषि गाउँ बनाइने छ । यो कार्यक्रम अनुसार ती क्षेत्रहरुमा तरकारी खेती–बसन्ते मकै खेती, बाख्रापालन, कागती खेती गरिने केन्द्रका प्रमुख कृष्ण बस्नेतले जानकारी दिए ।

प्रदेश सरकारले यो कार्यक्रमअन्तर्गत प्रत्येक स्मार्ट कृषि गाउँका लागि रू. ५०। ५० लाख रुपैयाँ बजेट समेत विनियोजन गरेको छ । जसअनुसार दाङका ६ स्मार्ट कृषि गाउँका लागि रू. ३ करोड बजेट विनियोजन गरिएको छ । प्रदेश मन्त्रालयको निर्देशन अनुसार गाउँको छनोट गरेर स्मार्ट कृषि गाउँ निर्माणको काम अघि बढाउने कृषि ज्ञान केन्द्र घोराही दाङका प्रमुख बस्नेतले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)