ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुदूरपश्चिम प्रदेश : दर्जनौं सडक योजना कागजमै सीमित

Mar 21, 2019  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar वीरेन्द्र भट्ट
धनगढी । प्रदेशवासीको मागअनुरूप सुदूरपश्चिम प्रदेशभित्र संघ, प्रदेश र स्थानीय तहका सरकारले सडकका दर्जनौं योजना छनोट गरेका थिए । तर निर्माण प्रक्रिया शुरू नहुँदा यस्ता योजना कागजमै सीमित बन्न पुगेका छन् । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् बैठकले छनोट गरेका प्रादेशिक गौरवका सडक योजनाको निर्माण समेत अघि बढेको छैन । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले कार्यान्वयन गर्नेगरी ९ जिल्लाभित्र १ करोडभन्दा बढीका १ सय योजना छनोट गरेको छ । प्रदेश मन्त्रिपरिषद्को फागुन १ गते बसेको बैठकले प्रदेशका ९ जिल्लाका ९ ओटै सडकलाई प्रादेशिक गौरवका योजनामा राख्ने निर्णय गरेको थियो । कैलालीको भजनी–छोटी भन्सार ठूलीगाड, कञ्चनपुरको बेलौरी–कलुवापुर नाइल बुडर, डोटीको सहजपुर–बोकटान–दिपायल, डँडेलधुरा–दैजी लगायत सडकलाई मन्त्रिपरिषद् बैठकले गौरवका योजनामा राखेको छ । त्यस्तै अछामको चिसापानी–जंगलघाट–तुर्माखाद–गैरीटाड–कालागाउँ–जयगढ–नन्देगडा हुँदै बडिमालिका जोड्ने सडक र बाजुराको खप्तड–मार्तडी सडक पनि प्रदेशको गौरवका योजनामा छन् । तर अहिलेसम्म त्यसको आधिकारिक जानकारी नपाइएको पूर्वाधार विकास कार्यालय, अछामका प्रमुख जंगबहादुर थापाले बताए । बैतडी, बझाङ र दार्चुलामा पनि एक–एक सडक गौरवका योजनामा राखिएका छन् । बैतडीको सदबाज–श्रीभावर–हाट–दार्चुला सडक, बझाङको दीपायल–साइपाल सडक र दार्चुलाको देथला–खार–खलंगा–खण्डेश्वरी सडक पनि गौरवका योजनामा छन् । हालसम्म यी योजनाको प्रगति शून्य रहेको स्थानीयको गुनासो छ । चालू आवका लागि भौतिक पूर्वाधार मन्त्रालयसँग ९ अर्ब ४० करोड बजेट छ । २ हजार ५ सय पूर्वाधार योजनाका लागि बजेट विनियोजन गरेको मन्त्रालयले चैत पहिलो सातासम्ममा अधिकांश योजनाको टेन्डर, आशयपत्र माग, सम्झौता लगायत कामसमेत गर्न सकेको छैन । यस्ता योजनाको काम अघि बढाउन ढिलाइ भएको भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहराले स्वीकारे । भौतिक पूर्वाधारका योजना यो प्रदेशभित्र दर्जनौं भए पनि निर्माणमा भएको ढिलाइले बजेटको ठूलो अंश फ्रिज हुने अवस्था देखिएको सम्बन्धित मन्त्रालयका अधिकारीले बताउँदै आएका छन् । यस क्षेत्रका ठूला सडक आयोजना महाकाली कोरिडोर, सेती लोकमार्ग, हुलाकी सडक, खुटिया–दीपालय द्र्रुतमार्ग योजना कहिले प्रदेश मातहतमा ल्याउने त, कहिले संघीय मातहतमा लैजाने विवादका कारण अघि बढ्न नसकेको विज्ञहरूको बताउँछन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)