ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

७ भूकम्पपीडितले फिर्ता गरे राहत रकम

Mar 22, 2019  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar रोशन तिवारी
पर्वत । पर्वतमा भूकम्पपछिको पुनर्निर्माण अन्तर्गत पहिलो किस्ता लगेर घर नबनाएका ७ जनाले अनुदान रकम फिर्ता गरेका छन् । भूकम्प पुनर्निर्माण जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा पूर्वाधार विकास कार्यालयका अनुसार फिर्ता गर्नेमा कुश्मा नगरपालिकाका ६ जना र फलेवास नगरपालिकाका १ जना छन् । पहिलो किस्ता लगेर पनि घर निर्माण नगरेकालाई भदौदेखि कार्यालयले रकम फिर्ता गर्न अनुरोध गर्दै आएको छ । कम क्षति भएका जिल्लाको सूचीमा रहेको पर्वतमा लाभग्राहीको संख्या ५ हजार २ सय ६९ छ । अहिलेसम्म घर निर्माण सम्पन्न गरेका १६४ जना छन् । ४ हजार ९५० जनाले पहिलो किस्ताबापतको ५० हजार रुपैयाँ लगेका थिए । दोस्रो किस्ता लिनेको संख्या २ हजार ३७४ रहेको छ । सबैभन्दा बढी घर निर्माण मोदी गाउँपालिकामा भएको छ । मोदीमा ४९ जनाले घर निर्माण सकेर तेस्रो किस्ता लिइसकेको कार्यालय प्रमुख रामआशिष शाहले जानकारी दिए । पैयुँ गाउँपालिकामा अहिलेसम्म एक जनाले पनि घर निर्माण सकेका छैनन् । शाहका अनुसार पैयुँ गाउँपालिकाका ६५८ जनाको घर पूर्णक्षतिमा परेको र ६५१ जनाले पहिलो किस्ता र २३९ जनाले दोस्रो किस्ताको रकम बुझेका छन् । फलेवास नगरपालिकामा ९ जनाले घर निर्माण सकेर तेस्रो किस्ताको रकम बुझेका छन् । कुश्मामा ३१, जलजलामा २८, महाशिलामा १५, बिहादीमा ३२ जनाले घर निर्माण गरेका छन् । फलेवास नगरपालिका–८ को अर्चलेका २० घरधुरीलाई एकीकृत बस्तीमा स्थानान्तरणको प्रक्रिया शुरू भएको छ । पैयुँ, महाशिला र विहादी गाउँपालिकाबाट जोखिमयुक्त बस्ती सर्वेक्षणका लागि निवेदन प्राप्त भएका र उक्त निवेदन सम्बन्धित निकायमा पठाइएको कार्यालयले बताएको छ । पुनर्निर्माण अन्तर्गत जिल्लाभरिबाट २ हजार ८७४ ओटा गुनासा आएका छन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)