ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

साफ च्याम्पियनसिप : उपाधि जिते जनही २ लाख, उपविजेता बने १ लाख, इतिहास रच्ने अवसर

Mar 22, 2019  
खेलकुद प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशनी भट्टराई

चैत ८, विराटनगर । विराटनगरमा जारी साफ महिला च्याम्पियनसिपमा नेपाली टोलीले उपाधि हात पारे प्रदेश–१ सरकारले नगद पुरस्कारको घोषणा गरेको छ । विराटनगरस्थित मुख्यमन्त्रीको कार्यालयमा शुक्रवार बिहान बसेको प्रदेशको मन्त्रिपरिषद् बैठकले नेपाली टोलीले उपाधि हात पारे प्रत्येक खेलाडी तथा अफिसियललाई नगद २ लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ ।

त्यसैगरी, बैठकले फाइलनमा उपविजेतामा टोली सिमित भए खेलाडीलाई १ लाख रुपैयाँले पुरस्कृत गर्ने बताएको छ । बैठकपछि मुख्यमन्त्री शेरधन राईले खेलाडीलाई हौसला प्रदान गर्न प्रोत्साहन स्वरुप नगद पुरस्कार दिने निर्णय सरकारले गरेको स्पस्ट पारे । खेलकुद क्षेत्रलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका मुख्यमन्त्री राईले बताए ।

प्रदेशको अस्थायी राजधानी विराटनगरमा फागुन २८ गतेबाट शुरु भएको प्रतियोगिताको फाइनल शुक्रवार दिउँसो ३ बजे नेपाल र भारतबीच सहीद रंगशालामा हुँदैछ । सन् २०१० बाट शुरु साफमा नेपाली टोली अहिलेसम्म चारपटक फाइनल पुगेको छ । यस अघि साफको पहिलो, दोस्रो र तेस्रो संस्करणमा भारतसँगै पराजित भएर उपविजेतामा खुम्चिएको नेपाली टोलीले पाँचौं संस्करणको उपाधि रक्षाका लागि उच्च मनोबलका साथमा मैदानमा उत्रने तयारी गरेको प्रशिक्षक हरि खड्काले बताए ।

साफमा भारत बलियो भएपनि भारतलाई हराएर यसपटक नेपाल रेकर्ड ब्रेक गर्दै उपाधि जित्ने दाउमा छ । नेपालले भारतसँग अघिल्ला दुई खेलमा एक जित र एक बराबरी खेलेका कारण यस पटक खेलाडीहरुको मनोबल उच्च भएको छ । नेपाली खेलाडीहरुको प्रदर्शन दैनिक सुधार आएको कारण भारतसँग झुकेर नखेल्ने नेपाली टिमको भनाइ छ । प्रशिक्षकले दिएको रणनीति अनुसार खेल्दै घरेलु मैदानमा उपाधि जित्ने खेलाडीहरुको दाबी छ । यस्तै भारतले पनि नेपालको मैदानबाट उपाधि लिएर जाने दाबी गरेको छ । हिरो गोल्ड कपमा नेपालसँगको हारले टिममा खासै असर नगरेको बताउँदै भारतीय टिमले पाँचौ पटक उपाधि जित्ने लक्ष्य सहित नेपाल आएको बताएको छ । बुधवार भएको सेमिफाइनलमा श्रीलंकालाई ४–० ले पराजित गर्दै नेपालले फाइनलको यात्रा पक्का गरेको थियो । भने दोश्रो सेमीफाइनल खेलमा बंगलादेशलाई ४–० गोल अन्तरले पराजित गर्दै भारतले नेपालसँगको भेट पक्का गरेको हो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)