ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चैते धान खेती विस्तारमा किसान अनिच्छुक

Mar 24, 2019  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वीरेन्द्र भट्ट
धनगढी । सुदूरपश्चिम प्रदेशका पाँच जिल्लामा एक हजार हेक्टरमा चैते धान खेती विस्तार गर्ने योजनाप्रति किसान अनिच्छुक देखाएका छन् । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सूचना जारी गरे पनि धान खेतीका लागि कृषकको आवेदन नै नपरेको मन्त्रालयले बताएको छ । मन्त्रालयले तराईका कैलाली तथा कञ्चनपुर र पहाडका तीन जिल्ला डोटी, अछाम र बैतडीमा चैते धानखेती विस्तार गर्ने गरी सूचना प्रकाशित गरेको थियो । मन्त्रालयका अनुसार कैलालीमा पाँच सय २५ हेक्टर, कञ्चनपुरमा चार सय हेक्टर, डोटी, अछाम र बैतडीमा २५/२५ हेक्टरमा चैते धान खेती विस्तारको लक्ष्य छ । कार्यक्रमअन्तर्गत किसानलाई बीउमा ५० प्रतिशत अनुदान र धान चुट्ने मेशिन दुई सय थान उपलब्ध गराउने उल्लेख गरिएको छ । मन्त्रालयले गत पुस २५ गतेदेखि माघ १० गतेसम्म किसानबाट आवेदन माग गरेको थियो । कैलाली, कञ्चनपुर र अछामबाट चार सय २० हेक्टरको लागि मात्रै किसानको आवेदन परेको मन्त्रालयका कृषि प्रसार अधिकृत जनकराज बोहराले बताए । बाँकी पाँच सय ८० हेक्टरको लागि कुनै आवेदन नपरेको उनले जानकारी गराए । किसानले सूचना नपाएर वा खेतीप्रति इच्छा नै नभएर मन्त्रालयको लक्ष्य पूरा नभएको बताइएको छ । अनुदान तथा सहुलियतको व्यवस्था हुँदाहुँदै पनि किसान उत्साहित नहुनु सूचनाको अभाव भएको हुन सक्ने कतिपय अगुवा कृषकको भनाइ छ । अनुदानभन्दा बढी ढुवानी र भाडा खर्च लाग्ने भएकाले पनि कतिपय कृषकहरू यो खेती विस्तारप्रति आकर्षित नभएको हुन सक्ने कतिपयको विश्लेषण छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)