ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लगानी सम्मेलनमा सुदूरपश्चिमका ६ परियोजना

Mar 25, 2019  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar वीरेन्द्र भट्ट
धनगढी । सरकारले संघीय राजधानी काठमाडौंमा आयोजना गर्न लागेको अन्तरराष्ट्रिय लगानी सम्मेलनमा सुदूरपश्चिमका महत्त्वपूर्ण ६ परियोजनालाई समेटेको छ । उक्त परियोजनाका लागि साढे ४ खर्ब रुपैयाँ लगानी आह्वान गर्ने तयारी गरिएको लगानी बोर्डका प्रवक्ता बालाराम रिजालले जानकारी गराए । सम्मेलनमा देशभरका सरकारी ४६ र निजी क्षेत्रका १७ गरी ६३ आयोजनाका लागि लगानी आह्वान गरिने भएको हो । चैत १५ र १६ गते दुई दिन सम्मेलन हुने भएको छ । अन्य प्रदेशको तुलनामा सुदूरपश्चिमका कम योजना समेटिए पनि प्रमुख ठूला आयोजनालाई लगानी बोर्डले समेट्नु राम्रो पक्ष भएको नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष कृष्णप्रसाद पाठकले बताए । लगानी बोर्डले ५ ओटा र निजी क्षेत्रले माथिल्लो चमेलिया जलविद्युत् आयोजना पूर्व सम्भाव्यता अध्ययन गरी तयार पारिएका आयोजना हुन् । कैलाली उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष दिनेश भण्डारीले यसपटक आयोजना नै प्रस्ताव गर्नु राम्रो भए पनि लगानीका लागि नीतिगत र प्रक्रियागत सुधार आउन आवश्यक रहेको बताए । यद्यपि, बोर्ड र निजी क्षेत्रबीच आयोजना छनोटबारे पर्याप्त छलफल हुन नपाएको निजी क्षेत्रको गुनासो छ । सुदूरपश्चिमको जलविद्युत्, कृषि, पूर्वाधार, जडीबुटी र पर्यटनमा बोर्डले ठोसठोस रूपमा लगानी आह्वानका लागि आकर्षित गर्न सके मात्रै सम्मेलनको औचित्य देखिने सुदूरपश्चिम उद्योग वाणिज्य महासंघका अध्यक्ष शंकर बोगटीले बताए ।
सम्मेलनमा प्रस्तुत हुने सुदूरपश्चिमका ६ परियोजना
  • माथिल्लो चमेलिया जलविद्युत् (४० मेगावाट)
  • पश्चिम सेती जलविद्युत् (७५० मेगावाट)
  • पश्चिम सेती तथा एसआर सिक्स संयुक्त जलविद्युत् (१२०० मेगावाट)
  • धनगढी क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल
  • एकीकृत कृषि पूर्वाधार परियोजना गोदावरी
  • सुदूरपश्चिम परिवहन परियोजना
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)