ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कर्णाली नदीसंग ईतिहाँस जोडिएको छ : मुख्यमन्त्री शाही

Mar 28, 2019  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आकाश तारा बयक

चैत १४, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली नदीसंग कर्णालीको ईतिहास, सभ्यता र अर्थतन्त्र जोडिएको बताएका छन् । तेस्रोे राष्ट्रिय नदी शिखर सम्मेलन–२०७५ को बिहीवार सुर्खेतको वीरेन्द्रनगरमा उद्धघाटन गर्दै मुख्यमन्त्री शाहीले ईतिहासमा रेशमी मार्गका रुपमा परिचित कर्णाली करिडोरलाई बंगाल र भोटसँगको व्यापार जोडेर देशकै ठूलो अर्थतन्त्ररुपका रुपमा विकास गर्न आव्हान गरे ।

‘कर्णाली नदी कर्णालीवासीको जीवनसंग जोडिएको छ,’ उनले भने, ‘कर्णालीलाई मुलुककै ठूलो अर्थतन्त्र निर्माणका लागि जुटनु पर्छ ।’ उनले मानसरोवर पुग्ने पर्यटकहरुका लागि कर्णाली करिडोर सबै भन्दा छोटो रुट भएकाले धार्मिक पर्यटनका दृष्टिले पनि कर्णालीको महत्व धेरै रहेको बताए । कर्णालीको प्राकृतिक स्वच्छता र सुन्दरताको संरक्षण अपरिहार्य रहेको उनको भनाइ थियो ।

‘कर्णाली करिडोरमा सडक पूर्वाधारको विकासका लागि प्रदेश सरकार लागिपरेको छ,’ उनले भने  ‘अबको ५ वर्षभित्र सडकमार्गबाटै पर्यटकहरु मानसरोवर जाने छन् ।’ त्यस्तै नेपाल नदी संरक्षण संस्थाका अध्यक्ष मेघ आलेले अव्यवस्थित दोहनले कर्णाली नदीको अस्तित्व संकटमा पर्दै गएकाले संरक्षणका लागि नदी सम्मेलन गर्न लागिएको जानकारी दिए । उनले विविधतायुक्त विश्वका ५ महत्वपूर्ण नदी मध्ये एउटा नदी कर्णाली रहेकाले यसकोअवस्था अध्ययन, नदी संरक्षण लगायतका विषयमा सम्मेलनमा व्यापक छलफल हुने बताए ।

दैलेखको आठबीस नगरपालिकाको राकममा चैत १४ देखि १६ गतेसम्म हुने नदी सम्मेलनमा स्वदेश र विदेशका २५० जनाको सहभागिता रहेको उनको भनाइ छ । नदी शिखर सम्मेलनमा नेपाल र नेपाल वाहिरका वैज्ञानिक, नदी संरक्षण अभियन्ता, पत्रकार लगायतको सहभागिता रहेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)