ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रदेश १ मा बजेट खर्चले आशा जगाउन सकेन

Mar 31, 2019  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशनी भट्टराई
विराटनगर । प्रदेश १ सरकारले चालू आर्थिक वर्ष (आव) को ८ महीनामा १२ दशमलव ६८ प्रतिशत बजेट खर्च गरेको छ । ३५ अर्ब ९३ करोड ६० लाख बजेट विनियोजन गरेको प्रदेश सरकारले ८ महीनामा ४ अर्ब ५६ करोड रुपैयाँ मात्र खर्च गरेको छ । अब बाँकी रहेको ४ महीनामा सरकारले ३१ अर्ब बजेट खर्च गर्नुपर्ने देखिएको छ । सरकारले पूँजीगततर्फ २ अर्ब ११ करोड ७३ लाख र चालूतर्फ २ अर्ब ४३ करोड ९५ लाख रुपैयाँ खर्च भएको प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले बताए । प्रदेश १ को आर्थिक मामिला तथा योजना मन्त्रालयले शुक्रवार विराटनगरमा सांसदहरूसँग गरेको अन्तरक्रिया कार्यक्रममा मन्त्री आङबोले यस्तो तथ्यांक पेश गरेका हुन् । कार्यक्रममा प्रदेश सरकारले बजेट खर्चमा आशा जगाउन नसकेको भन्दै सांसदहरूले सरकारको आलोचना गरेका छन् । अन्तरक्रियामा पूँजीगत बजेट खर्चमा सरकार कमजोर देखिएकोले बाँकी अवधिमा खर्चलाई प्रभावकारी बनाउन सांसदहरूले सुझाव पनि दिएका छन् । प्रदेश सरकारले चालूतर्फ १४ दशमलव ३० प्रतिशत बजेट खर्च गरेको छ भने पूँजीगततर्पm १२ दशमलव ६८ प्रतिशत खर्च गरेको छ । सबै भन्दा धेरै भौतिक पूर्वाधार विकास मन्त्रालयले १४ दशमलव ५ प्रतिशत खर्च गरेको छ । जिल्लागत रूपमा सबैभन्दा बढी मोरङमा १ अर्ब ४६ करोड रुपैयाँ खर्च भएको छ । सुनसरीमा २० करोड, झापामा १५ करोड रुपैयाँ बजेट खर्च भएको मन्त्रालयले जानकारी दिएको छ । सबैभन्दा कम ताप्लेजुङमा १ करोड ८७ लाख रुपैयाँ बजेट खर्च भएको छ । यस्तै प्रदेशको कुल आम्दानी रू. १४ अर्ब ६४ करोड १३ लाख ३ हजार ५३९ दशमलव ६८ पैसामध्ये रू. ४ अर्ब ५५ करोड ६८ लाख ४५ हजार १२९ दशमलव ७० पैसा (१२ दशमलव ६८ प्रतिशत) खर्च भएको उल्लेख गरिएको छ । सरकारले बजेट खर्च गर्न नसक्दा जनताको विकासको अपेक्षा अधुरो रहेको गुनासो सहभागी सांसदहरूले गरेका छन् । यही पाराले गर्ने बजेट खर्चको अवस्थाले संघीयता धरापमा पर्ने भन्दै सासदहरूले सरकारले बजेट खर्च गर्ने उपयुक्त योजना निर्माण गर्नुपर्नेमा जोड दिए । समानुपातिक सांसदहरूले सांसद विकास कोषमा विभेद भएको भन्दै कडा आपत्ति व्यक्त गरेका छन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)