ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रदेश १ को बजेट खर्च १२.६८% मात्र

Apr 1, 2019  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar रोशनी भट्टराई
विराटनगर । प्रदेश १ सरकारले चालू आर्थिक वर्षको ८ महीनामा १२ दशमलव ६८ प्रतिशत बजेट खर्च गरेको छ । ३५ अर्ब ९३ रोड ६० लाख बजेट विनियोजन गरेको प्रदेश सरकारले फागुन मसान्तसम्ममा ४ अर्ब ५६ करोड रुपैयाँ मात्र खर्च गरेको हो । अब बाँकी ४ महीनामा सरकारले ३१ अर्ब बजेट खर्च गर्नुपर्ने देखिएको छ । प्रदेश १ सरकारले पूँजीगततर्फ २ अर्ब ११ करोड ७३ लाख र चालूतर्फ २ अर्ब ४३ करोड ९५ लाख रुपैयाँ खर्च गरेको प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्वोले बताए । मन्त्रालयले शुक्रवार विराटनगरमा सांसदसँग गरेको अन्तरक्रिया कार्यक्रममा मन्त्री आङ्वोले यस्तो तथ्यांक पेश गरेका हुन् । कार्यक्रममा प्रदेश सरकारले बजेट खर्चमा आशा जगाउन नसकेको भन्दै सांसदहरूले सरकारको आलोचना गरेका छन् । अन्तरक्रियामा पूँजीगत बजेट खर्चमा सरकार कमजोर देखिएकाले बाँकी अवधिमा खर्च प्रभावकारी बनाउन सांसदहरूले सुझाव पनि दिएका छन् । प्रदेश सरकारले चालूतर्फ १४ दशमलव ३० प्रतिशत बजेट खर्च गरेको छ भने पूँजीगततर्फ १२ दशमलव ६८ प्रतिशत खर्च गरेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयले सबैभन्दा धेरै १४ दशमलव ५ प्रतिशत खर्च गरेको छ । जिल्लागत रूपमा सबैभन्दा बढी मोरङमा १ अर्ब ४६ करोड रुपैयाँ खर्च भएको छ । यस्तै सुनसरीमा २० करोड, झापामा १५ करोड बजेट खर्च भएको मन्त्रालयले बताएको छ । ताप्लेजुङमा सबैभन्दा कम १ करोड ८७ लाख रुपैयाँ बजेट खर्च भएको छ । सरकारले बजेट खर्च गर्न नसक्दा जनताको विकासको अपेक्षा अधुरो रहेको गुनासो सहभागी सांसदहरूले गरेका छन् । सरकारले बजेट खर्च गर्ने उपयुक्त योजना बनाउनुपर्नेमा उनीहरूले जोड दिए । कार्यक्रममा मन्त्री आङ्वोले प्रदेश संरचनाको कमी र कर्मचारी समायोजनको कारण लक्ष्यअनुसार बजेट खर्च हुन नसकेको बताए । प्रदेशले निर्माण गर्ने बहुवर्षीय योजनाको विस्तृत अध्ययन गर्न समय लागेको र अहिले ठेक्का लगाउन बोलपत्र आह्वान भइसकेकाले चालू आर्थिक वर्षको अन्त्यसम्ममा निर्माणले गति लिने उनको भनाइ छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)