ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

२४ करोड लागतमा रंगशाला निर्माण हुँदै

Apr 3, 2019  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar उदय बीसी

चैत २०, दाङ । दाङको वेल्झुण्डीमा करीव १५ विगाह क्षेत्रफलमा रंगशाला निर्माण भैरहेको छ  । रू.२४ करोड २४ लाख ४५ हजारको लागतमा निर्माण भइरहेको उक्त रंगशालामा फुटवल मैदान निर्माणको काम सम्पन्न भैसकेको छ ।

एथ्लेटिक्सको लागि सिन्थेटिक ट्रयाक निर्माणको काम शुरु भएको दाङ जिल्ला खेलकुल विकास समितिका अध्यक्ष डिल्लीबहादुर डाँगीले बताए । आठौं राष्ट्रिय खेलकुद मध्ये प्रदेश नं ५ का विभिन्न सात ठाउँमा हुने खेलमध्ये महिला फुटवल र एथ्लेटिक्स उक्त रंगशालामा हुने भएकाले काम तीब्र रुपमा भैरहेको डाँगीले बताए । ‘यहाँ एथ्लेटिक्स र महिला फुटवल खेल हुने भनेर तोकिएको छ, खेललाई मध्यनजर गर्दै काम तीब्र रुपमा भइहरको छ’ उनले भने ।

मंगलवारदेखि रंगशालामा एथ्लेटिक्सको लागि सिन्थेटिक ट्रयाक निर्माणको शुरु गरिएको छ । १८० मिटर लम्बाई र १२० मिटर चौडाईमा सिन्थेटिक ट्रयाक निर्माण गर्न लागिएको हो । रंगशाला निर्माणको गुरुयोजनामा स्विमिंग पुललगायतका आधुनिक किसिमका योजना पनि भएकाले तत्काल आठौं राष्ट्रिय खेलकुदका लागि भौतिक पूर्वाधार निर्माण गरिने र त्यसपछि बाँकी कामले निरन्तरता पाउने छन् ।

अहिलेसम्म फुटवलका लागि पब्लिक प्याराफिट निर्माण, खेलमैदान कालोपत्रलगायतका काम सम्पन्न भैसकेका छन् भने खेलमैदानमा दुबो रोप्ने काम अन्तिम चरणमा पुगेको अध्यक्ष डाँगीले बताए । उनका अनुसार मैदानमा रोपिने दुबो कोलकोताबाट ल्याइएको हो । स्थानीय वेल्झुण्डीमा रहेको करीव १५ विगाह क्षेत्रफलमा आधुनिक रंगशाला निर्माणका लागि गत साउन ९ गते शिलान्याश गरिएको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)