ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

रंगेलीमा चार लेनको सडक बन्दै

Apr 5, 2019  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशनी भट्टराई
विराटनगर । मोरङको रंगेलीस्थित मुख्य बजारको हुलाकी राजमार्गको सडक चौडा हुने भएको छ । हुलाकी राजमार्ग निर्देशनालयले सडक चौडा पार्न रंगेली नगरपालिकालाई सडक सीमाभित्रका संरचनाहरू हटाउन पत्राचार गरेको छ । उक्त सडक अब चार लेनको बन्नेछ । डिभिजन सडक कार्यालय विराटनगरले गत वर्ष रंगेली नगरपालिकालाई सडक ऐनबमोजिम सडक सीमा निर्धारण गरी विराटनगर–रंगेली–उर्लाबारी क्षेत्रलाई सहायक मार्गको रूपमा १५–१५ मिटर र ६–६ मिटर सेड ब्याक निर्धारित सडक क्षेत्र तोकिसकेको छ । रंगेलीका मेयर दिलीप बगडियाले चैत १७ गते निर्देशनालयले शहरी सडक मापदण्डअनुसार सडक सीमा खाली गराउन पत्राचार गरेको बताए । उनले भने, ‘हुलाकी राजमार्गको पत्र प्राप्त भएसँगै मंगलवार कार्यपालिकाको बैठक बसेर बुधवार रंगेली बजार क्षेत्रका सरोकारवाला, स्थानीय, बुद्धिजीवी, राजनीतिक दल, जनप्रतिनिधि र पत्रकार सहितको सर्वदलीय बैठक राखेर शहरी सडक मापदण्ड बमोजिम सडक खाली गराउने विषयमा छलफल गरिएको छ ।’ निर्देशनालयले पहिलो चरणमा करीब ४ दशमलव ९ किलोमिटर रंगेलीको मुख्य बजारलाई शहरी मापदण्ड अनुसार विस्तार गर्नेछ, जसअनुसार रंगेली कोल्ड स्टोरदेखि मधुवनी पूर्वसम्मको क्षेत्रमा चार लेनको सडक, ढल, फुुटपाथसहितको संरचना बन्नेछ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)